Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

क्रिकेटर आसिफ र आरिफलाई वीरगंजमा नागरिक अभिनन्दन

spot_img
spot_img

वीरगंज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई शुक्रबार वीरगन्जमा नागरिक अभिन्दन गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगन्ज महानगरपालिकाले शुक्रबार साँझ भव्य समारोह नै गरेर वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको हो । नागरिक अभिनन्दनसंगै महानगरले यसअघि घोषणा गरे अनुसार शेख दाजुभाईलाई एक एक थान यमहा एफजेडएफआइ मोटरसाइकल पनि प्रदान गरेको छ ।

आदर्शनगर स्थित पुरानोबसपार्क परिसरमा आयोजित समारोहमा वीरगन्जका मेयर राजेशमान सिंहले दुवै जना खेलाडीलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गरेर सम्मानित गरे । संगै उनले दुवैलाई मोटरसाइकलको साँचो पनि हस्तान्तरण गरे ।

वीरगन्जको मुर्ली निवासी आरिफ राष्ट्रिय टिमको ब्याट्सम्यान हुन् भने आसिफ ब्याट्सम्यान तथा विकेट किपर हुन् । २ चैतमा काठमाडौंमा भएको आइसिसि विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाईले उत्कृष्ट प्रदन गरेकै कारण नेपाल आइसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो ।

समारोहमा शेख दाजुभाईलाइ वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गर्दै मेयर सिंहले वीरगन्ज निवासी दुवै खेलाडीको थप हौसला र उर्जा बढाउन महानगरले वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको बताए ।
यी दुइ खेलाडीले वीरगन्जको मात्र नभइ नेपालकै नाम अन्र्तराष्ट्रिय जगतमा उँचो बनाएको भन्दै मेयर सिंहले भने,‘ आसिफ र आरिफ नेपालकै गहना हुनुहुन्छ , उहाँहरुको साथामा सारा वीरगन्जवासी छन् ।

यस्तै कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले दुवै खेलाडीको क्षमता र प्रतिभालाई अझ उचाँइमा पुरयाउनका लागि उनिहरुमा हौसला र उर्जा थप्न  वीरगन्ज महानगरपालिका सदैव तयार रहेको बताए ।

उक्त अवसरमा इरानमा सम्पन्न १९ वर्ष मुनिको वेल्र्ड कबड्डी च्याम्पियनसिपमा नेपाललाई तेश्रो स्थानमा पुरयाउन सफल राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय वीरगन्ज निवासी दिपेन्द्र यादव र सागर यादवलाई पनि सम्मानित गरिएको छ । समारोहमा मेयर सिंहले यादवद्वयलाई दोशल्ला र कदरपत्रले सम्मानित गर्दै व्याक्तिग तर्फबाट दुवैलाई जनही २१/२१ हजार रुपैया पनि प्रदान गरे ।

समारोहमा आसिफ र आरिफका वीरगन्जका प्रशिक्षक जाहुर अन्सारी, क्रिकेटका वरिष्ठ प्रशिक्षक उमेश उपाध्याय, प्रशिक्षक प्रकाश शर्मा लगायतलाइ पनि सम्मानित गरिएको थियो ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको नागरिक अभिनन्दन समारोहमा वीरगन्जका उपमेयर इम्तियाज आलम, वडाअध्यक्षहरुका साथै वीरगन्जवासीको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...