Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

गुठी संस्थानको ५२ बिगहा जग्गामा माटो उत्खनन

spot_img
spot_img

वीरगंज । गुठी संस्थानको ५२ बिगहा जग्गामा अवैध माटो उत्खनन र ठेक्काको दुरुपयोग गर्नेमाथी कडा भन्दा कडा कारवाही गर्ने गुठी संस्थान वीरगंजले जनाएको छ । आइतबार वीरगंज महानगरपालिकाले अनुमति वेगर माटो उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको थियो । अवैध उत्खनन गरेको जग्गा गुठी संस्थान को हो ।

गुठी संस्थान वीरगंजका प्रमुख चुडामणि घिमिरे र वीरगंज महानगरपालिका कार्यालयका पदाधिकारीहरुले अबैध उत्खनन भैरहेको जग्गाको सोमबार स्थलगत निरीक्षण गरेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २८ साविक बगही गाविस वडा न ९ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको स्थानीयले बताए ।

दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुँदा यसले भविष्यमा पुरै गाउँनै जोखिममा परेकाे स्थानीय रामाज्ञा राउतले बताए ।

अर्को स्थानीय रामाधार प्रसाद पटेलले साविक एलानी पर्ती र गुठी को करीब ५२ बिगहा जग्गामा छठ घाट, श्मशान घाट, गौचन रहेको र अहिले गुठी संस्थानले सो जग्गा बाली लगाउन ठेक्कामा दिएकोमा आफू खुशी माटो कटान गरि प्रती टिपर १ हजारमा दैनिक २ सय टिपर माटो खनन करीव २ महिना देखि गरिरहेको बताउन्छ्न ।

गुठी संस्थान वीरगंजका कार्यालय प्रमुख चुडामणि घिमिरेले खेती गर्न ठेक्कामा लिएको जग्गाको दुरुपयोग भएको बताउँछन् । उनले करीब ५२ बिगहा जग्गा गुठीको रहेको जसमा माटो कटान गरि गाउँ नै डुवानमा हुने देखिन्छ त्यसैले कडा भन्दा कडा कारवाही गरिने बताए ।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालकाअनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगंजकाे आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...