Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

गुठी संस्थानको ५२ बिगहा जग्गामा माटो उत्खनन

spot_img
spot_img

वीरगंज । गुठी संस्थानको ५२ बिगहा जग्गामा अवैध माटो उत्खनन र ठेक्काको दुरुपयोग गर्नेमाथी कडा भन्दा कडा कारवाही गर्ने गुठी संस्थान वीरगंजले जनाएको छ । आइतबार वीरगंज महानगरपालिकाले अनुमति वेगर माटो उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको थियो । अवैध उत्खनन गरेको जग्गा गुठी संस्थान को हो ।

गुठी संस्थान वीरगंजका प्रमुख चुडामणि घिमिरे र वीरगंज महानगरपालिका कार्यालयका पदाधिकारीहरुले अबैध उत्खनन भैरहेको जग्गाको सोमबार स्थलगत निरीक्षण गरेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २८ साविक बगही गाविस वडा न ९ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको स्थानीयले बताए ।

दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुँदा यसले भविष्यमा पुरै गाउँनै जोखिममा परेकाे स्थानीय रामाज्ञा राउतले बताए ।

अर्को स्थानीय रामाधार प्रसाद पटेलले साविक एलानी पर्ती र गुठी को करीब ५२ बिगहा जग्गामा छठ घाट, श्मशान घाट, गौचन रहेको र अहिले गुठी संस्थानले सो जग्गा बाली लगाउन ठेक्कामा दिएकोमा आफू खुशी माटो कटान गरि प्रती टिपर १ हजारमा दैनिक २ सय टिपर माटो खनन करीव २ महिना देखि गरिरहेको बताउन्छ्न ।

गुठी संस्थान वीरगंजका कार्यालय प्रमुख चुडामणि घिमिरेले खेती गर्न ठेक्कामा लिएको जग्गाको दुरुपयोग भएको बताउँछन् । उनले करीब ५२ बिगहा जग्गा गुठीको रहेको जसमा माटो कटान गरि गाउँ नै डुवानमा हुने देखिन्छ त्यसैले कडा भन्दा कडा कारवाही गरिने बताए ।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालकाअनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगंजकाे आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...