Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

सार्वजनिक जग्गा उत्खनन गर्ने स्काभेटरसहित ४ टिपर महानगरको नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरको नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगंजकाे आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरी निरीक्षक भुषालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नु पर्ने वीरगंज २८ का स्थानीय युवा जितेन्द्र कुमार पटेल बताउँछन् । उनी भन्छन्, ‘यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले करिब २ महिनादेखि उत्खनन् गरेर माटो बेचीरहेका छन् । उकालो भएको जग्गा पनि खन्नुका साथै समथर भएको जग्गामा पनि खनेर माटो बेचेका छन् । उनीहरु जो भएपनि कारवाही गर्नुपर्छ ।’

कारवाही मात्रै गरेर नपुग्ने बताउँदै उनले अहिलेसम्म खनेको झण्डै २ विघा क्षेत्रफल जमिनको क्षतिपुर्ती पनि व्यहोर्नुपर्ने उनले धारणा समेत राखेका छन् ।

दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुँदा यसले भविष्यमा आफूहरुलाई जोखिम हुनेमा स्थानीय शेष पटेल चिन्तित छन् । उनी भन्छन्, ‘अहिले जथाभावि रुपमा जग्गा उत्खनन् गर्दा पछि हाम्रै घरखेतमा पनि नदि बग्न सक्छ, छेउमै भएको नदिको पानीले घरखेत डुबाउनुका साथै वर्षायाममा बाढीको डर हुने भयो । अब जसरी हुन्छ यसलाई रोक्नुप¥यो ।’ सार्वजनिक सम्पती कुनै एक व्यक्तिको मात्रै नभएर सबैले जोगाउनुपर्ने स्थानीय पटेलको भनाई छ ।

गुठीको जग्गालाई हडप्न खोजेको प्रति आपत्ती जनाउँदै स्थानीय नवराज गिरी पनि सार्वजनिक जग्गामा उत्खनन् गर्न नमिल्ने बताउँछन् ।

यसअघि पटकपटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीय विक्रम पटेलको आशंका छ । परवानीपुर प्रहरीले बेवास्ता गरेपछि महानगर प्रमुखलाई खबर गरेको बताउँदै पटेलले महानगरले खबर पाउने बित्तिकै टिपर र स्काभेटर नियन्त्रणमा लिएको भन्दै सह्राना गरे । साथै उनीहरुलाई कारवाही गरी क्षतिपुर्तीकाे माग गर्नुपर्ने पटेलको भनाई छ ।

महुवन गुठीको नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपुर्तीका लागि प्रयोग भइरहेको उनले बताए । उनले भने, ‘यहाँ कसैले माटो उत्खनन् गरेर प्रति टिपर १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेचीरहेका छन् भने कसैले त्यही जग्गामा पोखरी खनेर माछापालन गरीरहेका छन् ।’ पटेलका अनुसार १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको छ । यसमा गुठीका हाकिमहरुको पनि मिलेमतो भएको पटेलको आरोप छ ।

नियन्त्रीत टिपरको चालकका अनुसार उक्त माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका छन् । यद्यपी अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि रोकतोक तथा दावी गर्न नआएको नगर प्रहरी प्रमुख भुषालले बताए ।

महानगरले केही साता यता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारवाही गर्ने चेतावनी दिए । साथै उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...