Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

महानगरले वीरगंज मै पहिलो पटक “रात्री बजार” लगाउँदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले वीरगंज मै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ ।

वीरगंजबासीकाे सपना साकार पार्न महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संकल्प अनुरुप वीरगंज मै पहिलो पटक “रात्री बजार” लगाउन थालिएको हो ।

यही चैत ३० गते बेलुका देखि बैशाख २ गते मध्य रातिसम्म वीरगंज आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म “रात्री बजार” लगाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

आर्थिक नगरी भनेर वीरगंजलाई चिनिने गरेको भए पनि वीरगंजकाे व्यवसाय साँझ नपर्दै बन्द हुने गरेको थियो ।

यहाँको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन जमर्को गरेको महानर प्रमुख सिंहले बताए ।

‘व्यवसायीक रुपमा वीरगंजकाे पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौँ,’ उनले भने, ‘यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ ।’

महानगरको आयोजनामा वीरगंज मै पहिलो पटक हुन लागेको “रात्री बजार” मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामान पाउनुका साथै वीरगंज मै पहिलो पटक तन्दुरी चायको शुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिए ।

रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ संदेश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकोले वीरगंज मै पहिलो पटक नयाँ अवधारणा सहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गरेका छन् ।

महानगरले रात्री बजार संचालनका लागि विभिन्न संस्थासँग सहकार्य समेत गरेको छ ।

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगंज साइकलिंग क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थाहरुसँगको सहकार्यमा “रात्री बजार” तयारीको काम अघि बढाइएको उनले वताए ।

रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सह आयोजकको रुपमा रहेको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरि आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...