Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

महानगरले वीरगंज मै पहिलो पटक “रात्री बजार” लगाउँदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले वीरगंज मै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ ।

वीरगंजबासीकाे सपना साकार पार्न महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संकल्प अनुरुप वीरगंज मै पहिलो पटक “रात्री बजार” लगाउन थालिएको हो ।

यही चैत ३० गते बेलुका देखि बैशाख २ गते मध्य रातिसम्म वीरगंज आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म “रात्री बजार” लगाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

आर्थिक नगरी भनेर वीरगंजलाई चिनिने गरेको भए पनि वीरगंजकाे व्यवसाय साँझ नपर्दै बन्द हुने गरेको थियो ।

यहाँको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन जमर्को गरेको महानर प्रमुख सिंहले बताए ।

‘व्यवसायीक रुपमा वीरगंजकाे पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौँ,’ उनले भने, ‘यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ ।’

महानगरको आयोजनामा वीरगंज मै पहिलो पटक हुन लागेको “रात्री बजार” मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामान पाउनुका साथै वीरगंज मै पहिलो पटक तन्दुरी चायको शुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिए ।

रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ संदेश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकोले वीरगंज मै पहिलो पटक नयाँ अवधारणा सहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गरेका छन् ।

महानगरले रात्री बजार संचालनका लागि विभिन्न संस्थासँग सहकार्य समेत गरेको छ ।

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगंज साइकलिंग क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थाहरुसँगको सहकार्यमा “रात्री बजार” तयारीको काम अघि बढाइएको उनले वताए ।

रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सह आयोजकको रुपमा रहेको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरि आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...