Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंज नर्सिङ क्याम्पसमा अनेरास्ववियू विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज नर्सिङ क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा बहुमत सदस्यसहित नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन विजयी भएको छ ।

क्याम्पसमा आइतबार राति सम्पन्न भएको मतदानको नतिजाअनुसार एकजना सदस्य बाहेक सम्पूर्ण पदाधिकारी र सदस्यमा अनेरास्ववियू विजयी भएको हो ।

सभापतिमा अनेरास्ववियूकी मनिषा चौधरी निर्वाचित भएकी छन् । ९१ मतसहित चौधरी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत रोमिना श्रेष्ठले जानकारी दिइन् ।

चौधरीकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी यामिनी खड्काले भने ६३ मत मात्रै पाएको श्रेष्ठले बताइन् ।

यस्तै सचिवमा पनि अनेरास्ववियूकै सृष्टि तिमिल्सिना ८९ मतका साथ, कोषाध्यक्षमा पनि अनेरास्ववियूकै अर्चना गुप्ता ९२ मतका साथ निर्वाचित भएकी छन् ।

सदस्यमा अनेरास्ववियूकै मुना श्रेष्ठ र विवेक रानाभाट तथा नेविसंघकी स्मृति थापा निर्वाचित भएका हुन् ।

त्यसैगरी समानुपाति तर्फ अनेरास्ववियूले ९० मत र नेवि संघले ६३ मत प्राप्त गरेकाे छ । समानुपातिककाे एक मत बदर समेत भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...