Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगंज नर्सिङ क्याम्पसमा अनेरास्ववियू विजयी

spot_img
spot_img

वीरगंज । वीरगंज नर्सिङ क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा बहुमत सदस्यसहित नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन विजयी भएको छ ।

क्याम्पसमा आइतबार राति सम्पन्न भएको मतदानको नतिजाअनुसार एकजना सदस्य बाहेक सम्पूर्ण पदाधिकारी र सदस्यमा अनेरास्ववियू विजयी भएको हो ।

सभापतिमा अनेरास्ववियूकी मनिषा चौधरी निर्वाचित भएकी छन् । ९१ मतसहित चौधरी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत रोमिना श्रेष्ठले जानकारी दिइन् ।

चौधरीकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी यामिनी खड्काले भने ६३ मत मात्रै पाएको श्रेष्ठले बताइन् ।

यस्तै सचिवमा पनि अनेरास्ववियूकै सृष्टि तिमिल्सिना ८९ मतका साथ, कोषाध्यक्षमा पनि अनेरास्ववियूकै अर्चना गुप्ता ९२ मतका साथ निर्वाचित भएकी छन् ।

सदस्यमा अनेरास्ववियूकै मुना श्रेष्ठ र विवेक रानाभाट तथा नेविसंघकी स्मृति थापा निर्वाचित भएका हुन् ।

त्यसैगरी समानुपाति तर्फ अनेरास्ववियूले ९० मत र नेवि संघले ६३ मत प्राप्त गरेकाे छ । समानुपातिककाे एक मत बदर समेत भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...