Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

गलत र भ्रम फैलाउने खालको पत्रकारीता गर्नु हुँदैन् : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले जनतामा भ्रम फैलाउने खालको पत्रकारीता नगर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन् ।

वीरगंज महानगरको सहयोगमा नेपाल पत्रकार महासङ्घ पर्साले आयोजना गरेको तीन दिने पत्रकारीता तालिममा सहभागि सञ्चारकर्मीलाई आइतबार प्रमाणपत्र वितरण गर्दै मेयर सिंहले यस्तो आग्रह गरेका हुन् ।

सिंहले भने, ‘गलतलाई सहि र सहिलाई गलत बनाएर समाचार लेख्ने प्रवृति पनि छ । यसले जनतालाई सत्यतथ्य सूचना भन्दा पनि भ्रमित पार्ने काम हुन्छ । यस्तो पत्रकारीता नगरिदनुस् भन्ने मेरो आग्रह छ ।’

उनले समाजमा रहेका विकृति र सरकारी निकायका बेथिती उजगार गर्न पत्रकारको महत्वपूर्ण भूमीका रहने भएकाले कसैको दबाब र प्रभावमा नपरि पत्रकारीता गर्न आग्रह गर्दै भने, ‘यदि महानगरमा पनि केहि गलत भएको पाउनुहुन्छ भने सिधा मलाई भन्नुहोला यदि मैले त्यसलाई सुधार गरिन भने निर्धक्क भएर त्यस विरुद्ध लेख्नुहोला ।’

उनले आफू महानगरको मेयरमा निर्वाचित भएको ३ वर्ष भित्रमै वीरगंज महानगरलाई व्यवस्थित बनाउनने योजना र लक्ष्य लिएर काम गरिरहेको बताए । उनले भने, ‘म पाँच वर्ष कुर्दिन । तीन वर्ष भित्रै यो वीरगंज शहरलाई व्यवस्थित र अरुले पनि अनुकरण गर्ने गरि उदाहरणीय काम गरेर देखाउछु । 

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा मेयर सिंहका प्रेस सल्लाहकार महेश दास लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडड्काले गरेका थिए ।

चितवनकाे साैराहामा भएकाे तालिममा विभिन्न संचारमाध्यममा कार्यरत ३० जना पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...