Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंज १९ मा १६ विगहा सार्वजनिक जग्गा अतिक्रमण हटाईयो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले १६ विगहा अतिक्रमित सार्वजनिक जग्गा खोजि गरि नक्शाङ्गन गरेको छ ।

सोमबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १९ मा ५ विघा ७ कट्ठा जग्गा, मंगलबार ७ विघा जग्गा गरि १२ बिगहा ७ कठ्ठा अतिक्रमित सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको थियो र बुधबार ४ बिगहा थप अतिक्रमित जग्गाको पहिचान भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिकको समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरि संरक्षण गरिने पौडेलले बताए ।

बुधबार वीरगंज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंहले अतिक्रमित जग्गाको स्थलगत अनुगमन गरेका छन् । सिंहले अतिक्रमित जग्गाको अनुगमन पछि GPS प्रबिधिबाट नाप नक्शा छुट्टयाइ घेरा गर्ने र थप अतिक्रमित जग्गाको खोजी निरन्तर गरिने बताए । उनले वीरगंजकाे आइ सि पी को पश्चिम पट्टि को यो जग्गामा चाडै सार्वजनिक उपयोगमा ल्याउने बताए ।

स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले धमाधम आफ्नो नियन्त्रणमा ल्याउने क्रमलाई जारी राखेको छ ।

बुधबार वीरगंज महानगरपालिकाको नगर प्रमुख राजेश मान सिंह, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसिया, वडा न १७ का वडाध्यक्ष सन्जु छतकुली, प्रेस सल्लाहकार महेश दास, मेयरको सचिवालयका हरि पोखरेल, सत्यराज घिमिरे सहित प्राविधिकहरुको टोलीले अनुगमन गरेको छ ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...