Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंज १९ मा १६ विगहा सार्वजनिक जग्गा अतिक्रमण हटाईयो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले १६ विगहा अतिक्रमित सार्वजनिक जग्गा खोजि गरि नक्शाङ्गन गरेको छ ।

सोमबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १९ मा ५ विघा ७ कट्ठा जग्गा, मंगलबार ७ विघा जग्गा गरि १२ बिगहा ७ कठ्ठा अतिक्रमित सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको थियो र बुधबार ४ बिगहा थप अतिक्रमित जग्गाको पहिचान भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिकको समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरि संरक्षण गरिने पौडेलले बताए ।

बुधबार वीरगंज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंहले अतिक्रमित जग्गाको स्थलगत अनुगमन गरेका छन् । सिंहले अतिक्रमित जग्गाको अनुगमन पछि GPS प्रबिधिबाट नाप नक्शा छुट्टयाइ घेरा गर्ने र थप अतिक्रमित जग्गाको खोजी निरन्तर गरिने बताए । उनले वीरगंजकाे आइ सि पी को पश्चिम पट्टि को यो जग्गामा चाडै सार्वजनिक उपयोगमा ल्याउने बताए ।

स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले धमाधम आफ्नो नियन्त्रणमा ल्याउने क्रमलाई जारी राखेको छ ।

बुधबार वीरगंज महानगरपालिकाको नगर प्रमुख राजेश मान सिंह, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसिया, वडा न १७ का वडाध्यक्ष सन्जु छतकुली, प्रेस सल्लाहकार महेश दास, मेयरको सचिवालयका हरि पोखरेल, सत्यराज घिमिरे सहित प्राविधिकहरुको टोलीले अनुगमन गरेको छ ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...