Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

बजार अनुमगनलाई अझै तिब्रता दिने निर्णय

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । आइतबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिदै चाडर्वहरु (होली) नजिकिदै गर्दा अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अहिले भइरहेको बजार अनुगमनलाई तिब्रता दिदै खाद्यान्न पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएमा सम्बन्धित पसलेलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको छ ।

वीरगंज महानगर कार्यालयमा बसेकाे बैठकमा वीरगंजका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटी, वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर, शाखा प्रमुख विपिन लाल कर्ण, नगरपालिका कर्मचारी नेहा मिश्राका साथै सरोकारवाला संघसंस्था र सम्बन्धित निकायका प्रतिनिधीहरुको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...