Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

बजार अनुमगनलाई अझै तिब्रता दिने निर्णय

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । आइतबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिदै चाडर्वहरु (होली) नजिकिदै गर्दा अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अहिले भइरहेको बजार अनुगमनलाई तिब्रता दिदै खाद्यान्न पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएमा सम्बन्धित पसलेलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको छ ।

वीरगंज महानगर कार्यालयमा बसेकाे बैठकमा वीरगंजका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटी, वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर, शाखा प्रमुख विपिन लाल कर्ण, नगरपालिका कर्मचारी नेहा मिश्राका साथै सरोकारवाला संघसंस्था र सम्बन्धित निकायका प्रतिनिधीहरुको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...