Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंज मेनरोडको अतिक्रम हटाउन स्थानीयको माग, सोमबार १७ औं पटक पेसी

spot_img
spot_img

वीरगंज । वीरगंजका स्थानीय वासीन्दाहरुले वीरगंजकाे मुख्य सडकको अतिक्रम हटाउनु पर्ने माग गरेका छन् । पथलैया देखि गण्डक सम्मको २५/ २५ मिटरको अतिक्रम हटीसके पनि गण्डक देखि मितेरी पुल सम्मको अतिक्रम सर्वोच्च अदालतको निषेधाज्ञा को कारण हटन सकेको छैन ।

‘३ वर्षमा १६ पटक पेसी चढीसक्दा पनि’ हेर्न नभ्याइने’ भन्दै सर्दै आएको छ । १७ औ पटक सोमबार फेरि पेसी छ हेरौ सर्वोच्च अदालतले कुनै आदेश गर्छ या फेरि हेर्न नभ्याउने भन्दै टर्छ ‘ वीरगंजका मुन्ना साह बताउन्छन।

त्रिभुवन राजपथमा पर्ने वीरगंजकाे मितेरी पुलदेखि गण्डक चौकसम्म मुख्य सडकको मुख्य विन्दुबाट दायाँबायाँ २५/२५ मिटर अतिक्रमित घर टहरा हटाउन सडक डिभिजनको निर्णयविरुद्ध परेका रिटको सोमबार सर्वोच्च अदालतमा पेसी छ । पटक पटक गरि १६ पटक सम्म स्थगित हुन्दै आएको पेसी १७ पटक सोमबार सुनवाइ हुन्दैछ । यसपटक को पेसी को क्रम संख्या ६ नम्बर रहेको छ ।

लक्ष्मण साह रौनियारसमेत त्रिभुवन राजपथ विस्तारको काम रोक्न २०७६ असोज ७ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट निवेदन दिएका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं, सडक डिभिजन हेटौंडा, व्यापारिक मार्ग विस्तार योजना वीरगंज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, मालपोत कार्यालय पर्सासमेत मुद्दा दायर गरिएको छ ।

यसै मुद्दाको लगाउमा २०७६ पुस २१ गते राजकुमारी देवी तुल्स्यान, २०७७ माघ २७ गते भरतप्रसाद रौनियारसमेत, २०७६ कात्तिक १७ गते वीरेन्द्रकुमार संघई, २०७५ मंसिर ११ मा विक्रम गुरुङले दर्ता गरेको उत्प्रेषण मुद्दासमेत रहेको छ । कारण देखाउ आदेश जारी गरिएको यो मुद्दाको २०७६ असोज ८ गते पहिलो पेसी थियो भने आउँदो फागुन १५ गते १७ औं पेसी रहेको छ  ।

२०७९ भदौ २० मा १६ औं पेसी परेको थियो । प्रत्येक पेसीमा हेर्न नभ्याइएको भन्दै अर्को पेसी तोकिने गरेको छ । २०७६ माघ २१ को पेसी पछि एकैपटक एक वर्ष पछि २०७७ फागुन १७ गते पेसी, त्यस पछि २०७८ मा ३ पटक र २०७९ मा भदौ पछि फागुन १५ गते सोमबार पेसी तारेख परेका छ ।

जब जब अदालतमा परेको पेसीको म्याद नजिकिन्छ तब तब वीरगंजमा सडक विस्तारको यो विषयको चर्चा चुलिन्छ । अब महानगरवासीको नजर फागुन १५ गते सर्वोच्च अदालतमा परेको यो मुद्दाको पेसीमा छ । आफ्नो सहरको स्वरूप परिवर्तन गरिने र मुख्य सडकको कायापलट नै हुने भएकाले अधिकांश महानगरवासी यो विषयलाई चाख लिएर हेरिरहेका छन् ।

वीरगंज आदर्शनगर निवासी जयप्रकाश लोहिया लामो समयदेखि वीरगंजकाे सुन्दरता र भविष्यसँग जोडिएको यो समस्याले अब निकास पाउनुपर्ने बताउँछन् । ‘धेरै लामो समय हामीले बाधा अवरोध र कानुनी झमेलाका कारण खर्च गरी सक्यौं,’ उनले भने, ‘वीरगंज महानगरको भविष्य र प्रतिष्ठा जोडिएको यो विषयलाई अब कुनै पनि बहानामा बाधा अड्काउ गरिराख्नुभन्दा निकास दिनु उचित हुन्छ ।’

व्यापारिक मार्ग विस्तार योजना वीरगंज पथलैया कार्यालयका सूचना अधिकृत इन्जिनियर सञ्जीव गुप्ता अदालतबाट क्लिन चिट पाइए राजमार्गको दुवैतर्फ २५/२५ मिटर विस्तारको कामलाई गति दिन कुनै समस्या नरहेको बताउँछन् । वीरगंज महागनरपालिकाका मेयर राजेशमान सिंह नेपाल सरकारको मापदण्ड अनुसार राजमार्गको दायाँबायाँ सडक विस्तार भएमा त्यसमा आफ्नो बाधा विरोध नरहने बताउँछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...