Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगञ्ज महानगरमा ४८ जना कर्मचारी माग भएकोमा करिब १७ सय जनाको आवेदन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले विभिन्न पदका लागि आह्वान गरेको दरखास्तमा झण्डै १७ सय जनाले आवेदन दिएका छन् ।

जसमध्ये सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त दिएका हुन् ।

कम्प्युटर अपरेटरमा सबैभन्दा धेरै १ हजार ४८० जनाको आवेदन परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

चौंथो तहको कम्प्युटर अपरेटरमा ३३ जनाका लागि महानगरले दरखास्त आह्वान गरेको थियो ।

‘३३ जना चौंथो तहको कम्प्युटर अपरेटर माग भएकोमा यसैमा सबैभन्दा धेरै दरखास्त परेको छ,’ उनले भने, ‘अन्य पदहरुमा पनि माग भन्दा धेरै नै आवेदन परेका छन् ।’

आवेदन बुझाउने बिहीबार अन्तिम दिन सम्ममा विभिन्न पदमा १ हजार ६ सय ८२ जनाले आवेदन बुझाएको पौडेलले वताए ।

२ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जनाको आवेदन परेको छ ।

यस्तै १/१ जनाको माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमश: २८ र ३१ जनाको आवेदन परेको छ ।

अमीन सहायक चौंथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ ।

खुला प्रतिष्पर्धा बाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले महानगरले गएको माग २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।

परीक्षा मिति भने अहिले तय भइ नसकेको र केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...