Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगञ्ज महानगरमा ४८ जना कर्मचारी माग भएकोमा करिब १७ सय जनाको आवेदन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले विभिन्न पदका लागि आह्वान गरेको दरखास्तमा झण्डै १७ सय जनाले आवेदन दिएका छन् ।

जसमध्ये सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त दिएका हुन् ।

कम्प्युटर अपरेटरमा सबैभन्दा धेरै १ हजार ४८० जनाको आवेदन परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

चौंथो तहको कम्प्युटर अपरेटरमा ३३ जनाका लागि महानगरले दरखास्त आह्वान गरेको थियो ।

‘३३ जना चौंथो तहको कम्प्युटर अपरेटर माग भएकोमा यसैमा सबैभन्दा धेरै दरखास्त परेको छ,’ उनले भने, ‘अन्य पदहरुमा पनि माग भन्दा धेरै नै आवेदन परेका छन् ।’

आवेदन बुझाउने बिहीबार अन्तिम दिन सम्ममा विभिन्न पदमा १ हजार ६ सय ८२ जनाले आवेदन बुझाएको पौडेलले वताए ।

२ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जनाको आवेदन परेको छ ।

यस्तै १/१ जनाको माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमश: २८ र ३१ जनाको आवेदन परेको छ ।

अमीन सहायक चौंथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ ।

खुला प्रतिष्पर्धा बाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले महानगरले गएको माग २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।

परीक्षा मिति भने अहिले तय भइ नसकेको र केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...