Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंजमा रात्री सांस्कृतिक तथा खाना मेला

spot_img
spot_img

वीरगंज । वीरगंज कलेजकाे आयोजना शुक्रबारदेखि वीरगंजमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला सुरु भएकाे छ । दुई दिन सम्म लाग्ने मेलाको उद्घाटन वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए ।

मेलाकाे उद्घाटन गर्दै मेयर सिंहले यस्ता कार्यक्रमहरुले बिधार्थीहरुमा उदमशीलताको बिकास हुने वताए । 

मेला उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाकाे वडा नं. ५ का वडाध्यक्ष प्रदिप चौरसिया, वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, वडा नं. १७ का वडाध्यक्ष संन्जु छतकुली, वीरगंज कलेजका क्याम्पस चिफ बिनोद गुप्ता, सुरेश चौधरी, रुदल ठाकुर लगायतको उपस्थिती रहेको थियो ।

वीरगंजकाे घण्टाघरस्थित मुख्य सडक छेउमा रहेको फुटपाथमा २५ भन्दा बढी स्टलहरुको निर्माण गरी बिधार्थीहरुको सहभागीतामा रात्रिकालिन खाना एवं सांस्कृतिक महोत्सवको आयोजना गरिएको वीरगंज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले बताए ।

विद्यार्थी पढाईसँगै आत्म निर्भर हुनु पर्ने भन्दै डा. चौधरीले सिक्दै जाउँ कमाउँदै जाउको अवधारणा अन्तर्गत कार्यक्रमको आयोजन गरिएको बताए । सांस्कृतिक कार्यक्रममा कलेजका विद्यार्थीहरु सहित पर्साका चर्चित गायक सुनिल पंडितको समेत प्रस्तुति हुने डा. चौधरीले बताए ।

मेलामा बिक्री वितरण भईरहेको खानाहरु निकै स्वादिष्ट रहेको तथा तथा बिधार्थीहरुको कार्य सराहनिय रहेको ग्राहकको प्रतिक्रिया दिएका छन् । मेलाले बीरगन्ज महानगरपालिको रात्रीकालिन बजार खुल्ले सोचलाई प्रोत्साहन गर्ने आयोजकको भनाई छ ।

मेलाको व्यवस्थापन मात्र कलेजले गरेको बाँकी मेलामा सम्पूर्ण परिकार बनाउने, बिक्री वितरण गर्ने तथा सांस्कृतिक कार्यक्रमको समेत सम्पूर्ण जिम्मा विद्यार्थीहरुलाई दिइएको कलेजका प्रकाशन प्रमुख सुरेन्द्र चौधरीले बताए ।

मेलाको पहिलो दिन शुक्रवार दुई हजार भन्दा बढी ग्राहकहरुलाई सेवा दिइएको र बिधार्थीहरुले सोचे भन्दा राम्रो व्यापार गरेको कलेज प्रशासनले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...