Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजमा रात्री सांस्कृतिक तथा खाना मेला

spot_img
spot_img

वीरगंज । वीरगंज कलेजकाे आयोजना शुक्रबारदेखि वीरगंजमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला सुरु भएकाे छ । दुई दिन सम्म लाग्ने मेलाको उद्घाटन वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए ।

मेलाकाे उद्घाटन गर्दै मेयर सिंहले यस्ता कार्यक्रमहरुले बिधार्थीहरुमा उदमशीलताको बिकास हुने वताए । 

मेला उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाकाे वडा नं. ५ का वडाध्यक्ष प्रदिप चौरसिया, वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, वडा नं. १७ का वडाध्यक्ष संन्जु छतकुली, वीरगंज कलेजका क्याम्पस चिफ बिनोद गुप्ता, सुरेश चौधरी, रुदल ठाकुर लगायतको उपस्थिती रहेको थियो ।

वीरगंजकाे घण्टाघरस्थित मुख्य सडक छेउमा रहेको फुटपाथमा २५ भन्दा बढी स्टलहरुको निर्माण गरी बिधार्थीहरुको सहभागीतामा रात्रिकालिन खाना एवं सांस्कृतिक महोत्सवको आयोजना गरिएको वीरगंज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले बताए ।

विद्यार्थी पढाईसँगै आत्म निर्भर हुनु पर्ने भन्दै डा. चौधरीले सिक्दै जाउँ कमाउँदै जाउको अवधारणा अन्तर्गत कार्यक्रमको आयोजन गरिएको बताए । सांस्कृतिक कार्यक्रममा कलेजका विद्यार्थीहरु सहित पर्साका चर्चित गायक सुनिल पंडितको समेत प्रस्तुति हुने डा. चौधरीले बताए ।

मेलामा बिक्री वितरण भईरहेको खानाहरु निकै स्वादिष्ट रहेको तथा तथा बिधार्थीहरुको कार्य सराहनिय रहेको ग्राहकको प्रतिक्रिया दिएका छन् । मेलाले बीरगन्ज महानगरपालिको रात्रीकालिन बजार खुल्ले सोचलाई प्रोत्साहन गर्ने आयोजकको भनाई छ ।

मेलाको व्यवस्थापन मात्र कलेजले गरेको बाँकी मेलामा सम्पूर्ण परिकार बनाउने, बिक्री वितरण गर्ने तथा सांस्कृतिक कार्यक्रमको समेत सम्पूर्ण जिम्मा विद्यार्थीहरुलाई दिइएको कलेजका प्रकाशन प्रमुख सुरेन्द्र चौधरीले बताए ।

मेलाको पहिलो दिन शुक्रवार दुई हजार भन्दा बढी ग्राहकहरुलाई सेवा दिइएको र बिधार्थीहरुले सोचे भन्दा राम्रो व्यापार गरेको कलेज प्रशासनले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...