Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

लामखुट्टे नियन्त्रणका लागि वीरगंजमा औषधी छर्न सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ बाट औषधी छर्न सुरु गरेको छ । गर्मी मौसम सुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर र पम्प स्प्रे’ बाट औषधी छर्ने काम सुरु गरेको हो ।

महानगरको सरसफाइ व्यवस्थापन शाखा अधिकृत सर्फुदिन मियाँले बुधबारबाट तालिका नै बनाएर ३२ वटै वडामा ‘एयर र पम्प’ दुबै तरिकाबाट औषधी छर्ने काम सुरु भएको जानकारी दिए ।

बुधबार पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ मा ‘एयर र पम्म’ दुबै माध्यमबाट औषधी छरिएको र वडा नम्बर ४ मा पम्प स्प्रेबाट लामखुट्टेको औषधी छर्ने काम भएको उनले जानकारी दिए ।

फगिङ्ग मेसिनबाट रोड तथा नालामा एयर स्प्रे र फगिङ्ग मेसिन पुग्न नसक्ने भित्री नालाहरुमा पम्प स्प्रेबाट औषधी छरिएको हो ।

बिहान १० बजेदेखी नै पम्प स्प्रेबाट नाला तथा पानी जमेका स्थानको खोजी गर्दै लामखुट्टे मार्ने औषधी छर्कन जनशक्ति परिचालन गरिएको सरसफाई अधिकृत मियाँले जानकारी गराए ।

फगिङ्ग मेसिनबाट ‘एयर स्प्रे’ गर्न भने बेलुका ५ बजेपछि सुरु भएको पनि उनले वताए । बुधबारबाट सुरु भएको लामखुट्टे मार्ने औषधी छर्ने काम चैत ६ गते सम्म चल्ने छ ।

लामखुट्टेको लार्भा मार्न बिहान र दिउसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुकाको समयमा फगिङ्ग मेसिन पार्फत २ राउण्ड ‘एयर स्प्रे’ गर्ने तालिका महानगरले सार्बजनिक गरेको छ ।

चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगंजमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगंज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...