Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

लामखुट्टे नियन्त्रणका लागि वीरगंजमा औषधी छर्न सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ बाट औषधी छर्न सुरु गरेको छ । गर्मी मौसम सुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर र पम्प स्प्रे’ बाट औषधी छर्ने काम सुरु गरेको हो ।

महानगरको सरसफाइ व्यवस्थापन शाखा अधिकृत सर्फुदिन मियाँले बुधबारबाट तालिका नै बनाएर ३२ वटै वडामा ‘एयर र पम्प’ दुबै तरिकाबाट औषधी छर्ने काम सुरु भएको जानकारी दिए ।

बुधबार पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ मा ‘एयर र पम्म’ दुबै माध्यमबाट औषधी छरिएको र वडा नम्बर ४ मा पम्प स्प्रेबाट लामखुट्टेको औषधी छर्ने काम भएको उनले जानकारी दिए ।

फगिङ्ग मेसिनबाट रोड तथा नालामा एयर स्प्रे र फगिङ्ग मेसिन पुग्न नसक्ने भित्री नालाहरुमा पम्प स्प्रेबाट औषधी छरिएको हो ।

बिहान १० बजेदेखी नै पम्प स्प्रेबाट नाला तथा पानी जमेका स्थानको खोजी गर्दै लामखुट्टे मार्ने औषधी छर्कन जनशक्ति परिचालन गरिएको सरसफाई अधिकृत मियाँले जानकारी गराए ।

फगिङ्ग मेसिनबाट ‘एयर स्प्रे’ गर्न भने बेलुका ५ बजेपछि सुरु भएको पनि उनले वताए । बुधबारबाट सुरु भएको लामखुट्टे मार्ने औषधी छर्ने काम चैत ६ गते सम्म चल्ने छ ।

लामखुट्टेको लार्भा मार्न बिहान र दिउसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुकाको समयमा फगिङ्ग मेसिन पार्फत २ राउण्ड ‘एयर स्प्रे’ गर्ने तालिका महानगरले सार्बजनिक गरेको छ ।

चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगंजमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगंज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...