Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

पर्सामा स्कारपियोकाे ठक्करबाट एक विद्यार्थीकाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरीमा स्कारपियोकाे ठक्करबाट एक विद्यार्थीकाे मृत्यु भएकाे छ । कोचिङ्ग पढ‍ेर घर फर्किने क्रममा ठोरीबाट वीरगञ्ज तर्फ आउदै गरेको स्कारपियोकाे ठक्करबाट ठोरी गाउँपालिका वडा नं.४ विजयवस्ती निवासी १३ बर्षिय विश्वास श्रेष्ठकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ  

जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयवस्ती स्थित हुलाकी सडक खण्डमा मंगलबार विहान ०८:३० बजेको समयमा नम्बर एकिन नभएको सेतो रंगको स्कारपियो गाडीले ठक्कर दिदा श्रेष्ठको टाउको र शरीरमा गम्भिर चोट लागेर घाइते भएका थिए ।

घटनाकाे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी विजयवस्ती पर्साबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते श्रेष्ठलाई उपचारार्थ तराइ अस्पताल वीरगंजमा ल्याई भर्ना गरेकाे थियाे । उपचार हुँदाहुँदै मंगलबार विहान १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले दुर्घटना पश्चात फरार रहेको बाग्मती प्रदेश – ०१-०२७ च ०३०३ नम्बरकाे स्कार्पियाे गाडी र चालक जिल्ला चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्त वतनकालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

यसका साथै मृतक लासको लास जाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का र ट्राफिक स्केच लगायतका कार्यहरू समपन्न गरी थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...