Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा स्कारपियोकाे ठक्करबाट एक विद्यार्थीकाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरीमा स्कारपियोकाे ठक्करबाट एक विद्यार्थीकाे मृत्यु भएकाे छ । कोचिङ्ग पढ‍ेर घर फर्किने क्रममा ठोरीबाट वीरगञ्ज तर्फ आउदै गरेको स्कारपियोकाे ठक्करबाट ठोरी गाउँपालिका वडा नं.४ विजयवस्ती निवासी १३ बर्षिय विश्वास श्रेष्ठकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  

जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयवस्ती स्थित हुलाकी सडक खण्डमा मंगलबार विहान ०८:३० बजेको समयमा नम्बर एकिन नभएको सेतो रंगको स्कारपियो गाडीले ठक्कर दिदा श्रेष्ठको टाउको र शरीरमा गम्भिर चोट लागेर घाइते भएका थिए ।

घटनाकाे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी विजयवस्ती पर्साबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते श्रेष्ठलाई उपचारार्थ तराइ अस्पताल वीरगंजमा ल्याई भर्ना गरेकाे थियाे । उपचार हुँदाहुँदै मंगलबार विहान १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले दुर्घटना पश्चात फरार रहेको बाग्मती प्रदेश – ०१-०२७ च ०३०३ नम्बरकाे स्कार्पियाे गाडी र चालक जिल्ला चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्त वतनकालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

यसका साथै मृतक लासको लास जाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का र ट्राफिक स्केच लगायतका कार्यहरू समपन्न गरी थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...