Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

एनआईसी एशिया बैंकलाई दाेस्राे पटक जरिवाना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले पटक पटक बाटोमा फोहोर फ्याल्ने एनआइसी एशिया बैंक वीरगंज शाखालाई रु ११ हजार जरिवाना गरेको छ ।

यस अघि पनि महानगरपालिकाले एनआईसी एशिया बैंकलाई पहिलो पटक चेतावनी र दोश्रो पटक रु ५ हजार जरिवाना गरिसकेको छ । आइतबार अनुगमनको क्रममा सरसफाइको गाडीमा फोहोर नदिएर बाटोमा फोहोर फ्याकेको भेटिएपछि ११ हजार जरिवाना गरिएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

बैंक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फ्यालिएको भेटिएमा रु २५ हजार देखि २ लाख सम्म जरिवाना गरिने सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानले बताए ।

वीरगंज महानगरपालिकाले सरसफाई प्राथमिकतामा राखी अभियान नै चलाएको खेतानले बताए । रु ५ सयबाट सुरु गरेको जरिवाना रु १ हजार हुँदै रु ५ हजार सम्म गर्दै आएको छ । रु ११ हजार जरिवाना गरेको यो पहिलो पटक हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...