Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

एनआईसी एशिया बैंकलाई दाेस्राे पटक जरिवाना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले पटक पटक बाटोमा फोहोर फ्याल्ने एनआइसी एशिया बैंक वीरगंज शाखालाई रु ११ हजार जरिवाना गरेको छ ।

यस अघि पनि महानगरपालिकाले एनआईसी एशिया बैंकलाई पहिलो पटक चेतावनी र दोश्रो पटक रु ५ हजार जरिवाना गरिसकेको छ । आइतबार अनुगमनको क्रममा सरसफाइको गाडीमा फोहोर नदिएर बाटोमा फोहोर फ्याकेको भेटिएपछि ११ हजार जरिवाना गरिएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

बैंक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फ्यालिएको भेटिएमा रु २५ हजार देखि २ लाख सम्म जरिवाना गरिने सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानले बताए ।

वीरगंज महानगरपालिकाले सरसफाई प्राथमिकतामा राखी अभियान नै चलाएको खेतानले बताए । रु ५ सयबाट सुरु गरेको जरिवाना रु १ हजार हुँदै रु ५ हजार सम्म गर्दै आएको छ । रु ११ हजार जरिवाना गरेको यो पहिलो पटक हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...