Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

खो खो खेल्न वीरगंज महानगरको टोली भक्तपुर प्रस्थान

spot_img
spot_img

वीरगंज  । भक्तपुर नगरपालिकाको आयोजनामा भोलीदेखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगञ्ज महानगरपालिकाको टोली आज त्यस तर्फ प्रस्थान गरेको छ ।

टोलीलाई महानगर प्रमुख राजेशमान सिंहले टिका लगाएर विदाई गर्नुभयो । प्रतियोगितामा सहभागि हुन टिम म्यानेजरसहित १४ जना भक्तपुर लागेका हुन् ।

टोलीको विदाई गर्दै महानगर प्रमुख सिंहले प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिनुभयो ।

भोलीदेखि ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिमले सहभागिताका लागि टिम दर्ता गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...