Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

भारतमा ९ महिनादेखि हराएका युवकको वीरगंज महानगरद्वारा उद्धार

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले ९ महिनादेखि हराएका एक युवकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर २१ का ३० वर्षिय इब्राहिम देवानलाई अभिभावकले उपचारका लागि भारत लिएर गएका बेला उनि किछौछा दरगाह सरीफबाट हराएका थिए । ९ महिना पहिले हराएका देवानलाई, वीरगंज महानगरपालिकाले गठन गरेको खोज तलाश समितिले बिहारको समस्तीपुरमा फेला पारेर उद्धार गरि घर फर्काएको हो ।

वीरगंज महानगरपालिकाले उपमेयर इम्तियाज आलमको नेतृत्वमा खोजतलाश समिति नै गठन गरेको छ । त्यहि समितिको पहलमा देवानलाई उद्धार गरिएको हो । मंगलबार उपमेयर आलमले आफनै कार्यकक्षमा देवानका बुबा शाह महम्मदलाई बोलाएर देवानलाई जिम्मा लगाएर घर पठाएका हुन् ।

केहि दिन पहिले देवान, बिहारको समस्तीपुर जिल्लाको मुमरी धरारी थाना नजिक रुपौलीमा रहेको जानकारी खेजतलाश समितिले पाएको थियो । त्यसपछि समितिका सदस्य र वीरगंज महानगरको बालअधिकार समितिकी प्रमुख साबित्री भण्डारी सहितको टोलीले भारतमा गएर देवानलाई उद्धार गरि वीरगंज ल्याएर मंगलबार परिवारको जिम्मा लगाएको उपमेयर आलमकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...