Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

भारतमा ९ महिनादेखि हराएका युवकको वीरगंज महानगरद्वारा उद्धार

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले ९ महिनादेखि हराएका एक युवकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर २१ का ३० वर्षिय इब्राहिम देवानलाई अभिभावकले उपचारका लागि भारत लिएर गएका बेला उनि किछौछा दरगाह सरीफबाट हराएका थिए । ९ महिना पहिले हराएका देवानलाई, वीरगंज महानगरपालिकाले गठन गरेको खोज तलाश समितिले बिहारको समस्तीपुरमा फेला पारेर उद्धार गरि घर फर्काएको हो ।

वीरगंज महानगरपालिकाले उपमेयर इम्तियाज आलमको नेतृत्वमा खोजतलाश समिति नै गठन गरेको छ । त्यहि समितिको पहलमा देवानलाई उद्धार गरिएको हो । मंगलबार उपमेयर आलमले आफनै कार्यकक्षमा देवानका बुबा शाह महम्मदलाई बोलाएर देवानलाई जिम्मा लगाएर घर पठाएका हुन् ।

केहि दिन पहिले देवान, बिहारको समस्तीपुर जिल्लाको मुमरी धरारी थाना नजिक रुपौलीमा रहेको जानकारी खेजतलाश समितिले पाएको थियो । त्यसपछि समितिका सदस्य र वीरगंज महानगरको बालअधिकार समितिकी प्रमुख साबित्री भण्डारी सहितको टोलीले भारतमा गएर देवानलाई उद्धार गरि वीरगंज ल्याएर मंगलबार परिवारको जिम्मा लगाएको उपमेयर आलमकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...