Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

नालामाथि बनेका संरचना ७ दिन भित्र हटाउ : महानगर

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिन भित्र हटाउन सूचना जारी गरेको छ ।

वीरगञ्जका सबै क्षेत्रको सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएको सिढी, र्याम्प, छेकवार तथा आदर्शनगर क्षेत्रमा रहेका नाला माथि बनेका सबै संरचना हटाउन महानगरले ७ दिने सूचना जारी गरेको हो ।

७ दिनभित्र नहटाए महानगरले हटाउने भन्दै हटाउँदा लागेको खर्च पनि सम्बन्धित व्यक्तिबाटै असूल गर्ने पनि सूचनामा उल्लेख छ ।

सोमबार बसेको महानगरको भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अहिले महानगरपालिकाले अतिक्रमति भूमी फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान नै चलाइरहेकाले महानगर भित्रका नाला तथा सडक, फुटपाथ अतिक्रमण गरी बनेका संरचना हटाउने निर्णय गरिएको समितिका संयोजक प्रदीप कुमार चौरसियाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...