Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

वीरगंजमा मिस स्कार्लेटको चर्चा, चलचित्रमार्फत पर्यटन प्रबर्धन गर्नुपर्नेमा जोड

spot_img
spot_img

वीरगंज । वीरगंजले चलचित्रमार्फत पर्यटन भित्र्याउने प्रचुर सम्भावना बोकेको कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले बताएका छन् । चलचित्र पत्रकार संघ पर्साले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिईओ पुरीले वीरगंज आर्थिक एवम् व्यापरिक नगरीसँगै कला र कलाकारको शहरसमेत भएको बताए । वीरगंज निर्देशक र मुख्य कलाकारलाई समावेश गरिएको वेब सिरिजले उनीहरुलाई अझै राम्रो अवसर प्रदान गर्नेमा उनी विश्वस्त छन् । 

वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकनका क्रममा वीरगंज बिताइएको दुई हप्ताको समयले यहाँको रहनसहन, चालचलनसँगै रितिरिवाज र संस्कृति केही हदसम्म बुझ्न पाइएको बताउँदै उनले ति संस्कृतीलाई चलचित्रमार्फत जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए । 

वेब सिरिजमार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक बलिराम चौहानले भाषा र स्थानभन्दा पनि चलचित्रको कथावस्तु र गुणस्तरमा प्रतिस्पर्धा गर्ने समय भएको बताए । मिस स्कार्लेट वेब सिरिज निश्चित क्षेत्र भन्दा पनि विश्वका हरेक ठाउँका व्यक्तिले अपनत्व गर्ने दावी चौहानको छ । उनले भने, ‘यो सिरिजको कथा वस्तुले सानो बालकदेखि बृद्धसम्मको अवस्थालाई चित्रण गरेको हुँदा सबैले मन पराउनुहुन्छ भन्नेमा हाम्रो टिम ढुक्क छ ।’ थुप्रै नेपाली चलचित्रको छायांकन गरीसकेका छायांकार शेरबहादुर तामाङ्सहित दर्जनौ चलचित्रहरुमा सहायक निर्देशन गरीसकेका सुदिप कुवँर लगायतसँग काम गर्न पाउँदा गर्वान्वित महसुस भएको पनि चौहानले सुनाए । 

कार्यक्रममा चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटे, सहसचिव प्रणय साह, सदस्यहरु शम्भु सुमन, रञ्जित यादव लगायतले वीरगंजमा चलचित्रको बजार र यहाँका चलचित्र हलहरुको अवस्थाका बारेमा चर्चा गरेका थिए । 

कान्तिपुर फिल्म एकेडेमीले बनाइरहेको सिरिजको तीन एपिसोडसम्मको छायांकन सोमवार सम्पन्न भएको छ । माघ २० गते वीरगंजकाे गण्डकस्थित कलार्क रिसोर्टबाट सुरु भएको छायांकन वीरगंजकाे आदर्शनगर, घण्टाघर, टाउन हल, चिकेन स्टेशन, ज्ञानदा एकेडेमी लगायतका स्थानको दृश्य सिरिजमा राखिएको फिल्म एकेडेमीले जानकारी दिएको छ । 

कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा मल वितरणमा अनियमितताको आरोप, रास्वपाद्वारा गाउँपालिकाको ध्यानाकर्षण

सेढवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिराभवानी गाउँपालिका समिति, पर्साले जिराभवानी गाउँपालिकामा रासायनिक मल वितरण प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ...

जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान जारी, थप ८ बिघा ऐलानी पर्तीमा बिरुवा रोपियो

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षारोपण अभियानलाई निरन्तरता दिएको छ । वन तथा वातावरण संरक्षणमा उत्कृष्ट काम गर्दै मधेश...

वडाध्यक्ष चतुर्वेदीको पक्राउको विरोधमा वीरगंजका ३२ वटै वडा कार्यालय बन्द

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीको पक्राउको विरोधमा महानगरपालिकाका ३२ वटै वडा कार्यालयका नियमित सेवा अनिश्चितकालका लागि बन्द गरिएका...