Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

पिप्रा लिङ्क रोडकाे नाम महात्मा गान्धी पथ राख्ने तयारी, स्थानियद्वारा विराेध

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाकाे वडा नं. १४ पिपरास्थित जेष्ठ नागरिक पार्कलाई महात्मागान्धी पार्क र पिप्रा लिङ्क रोडलाई महात्मा गान्धी पथ राख्नेगरी महानगरले तयारी गरेकाे सूचना बाहिरिएपछि स्थानियबासीले आपति जनाएका छन् ।

वीरगंज महानगरपालिकाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उद्देश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन । महानगरपालिकाले माघ १९ गते बिहिवार पिपरा लिङ्क रोडको नाउँ  महात्मागान्धी (एमजी) रोड नामाकरणगरी उदघाट्न गर्ने भएको तयारी गरेकाे स्थानियहरुकाे भनाई छ ।

यसै सन्दर्भ स्थानिय युवाहरुकाे एक समुहले मंगलबार वडाध्यक्ष मेहबुब एलाहीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । युवा समाज पिपराका अध्यक्ष अनिल पटेल, नेकपा माओवादी केन्द्र वीरगंज १४ का अध्यक्ष महेश पटेल, नेकपा एकीकृत समाजवादी वीरगंज १४ का अध्यक्ष मदन प्रसाद कुर्मी, कौशल पटेल, कृपा पटेल लगायतले ज्ञापन पत्र मार्फत पिपराका ऐतिहासिक र यसको धार्मिक पक्षलाई ख्याल नगरि गैर नेपालीको नाउँमा नामाकरण गर्न खोज्नुले स्थानीय संस्कृतिमाथिको प्रहार भएको बताएका छन् । 

पिपरा लिङ्क रोड टोल विकास समितिले समेत विज्ञप्ती जारी गरेको विराेध गरेकाे थियो भने सामाजिक सञ्जालमा समेत व्यापक रुपमा विराेध हुँदै आएको छ । बुधबार साेही ठाउँमा स्थानिय युवाहरु विराेध प्रदर्शन गर्ने पनि तयारी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...