Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पिप्रा लिङ्क रोडकाे नाम महात्मा गान्धी पथ राख्ने तयारी, स्थानियद्वारा विराेध

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाकाे वडा नं. १४ पिपरास्थित जेष्ठ नागरिक पार्कलाई महात्मागान्धी पार्क र पिप्रा लिङ्क रोडलाई महात्मा गान्धी पथ राख्नेगरी महानगरले तयारी गरेकाे सूचना बाहिरिएपछि स्थानियबासीले आपति जनाएका छन् ।

वीरगंज महानगरपालिकाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उद्देश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन । महानगरपालिकाले माघ १९ गते बिहिवार पिपरा लिङ्क रोडको नाउँ  महात्मागान्धी (एमजी) रोड नामाकरणगरी उदघाट्न गर्ने भएको तयारी गरेकाे स्थानियहरुकाे भनाई छ ।

यसै सन्दर्भ स्थानिय युवाहरुकाे एक समुहले मंगलबार वडाध्यक्ष मेहबुब एलाहीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । युवा समाज पिपराका अध्यक्ष अनिल पटेल, नेकपा माओवादी केन्द्र वीरगंज १४ का अध्यक्ष महेश पटेल, नेकपा एकीकृत समाजवादी वीरगंज १४ का अध्यक्ष मदन प्रसाद कुर्मी, कौशल पटेल, कृपा पटेल लगायतले ज्ञापन पत्र मार्फत पिपराका ऐतिहासिक र यसको धार्मिक पक्षलाई ख्याल नगरि गैर नेपालीको नाउँमा नामाकरण गर्न खोज्नुले स्थानीय संस्कृतिमाथिको प्रहार भएको बताएका छन् । 

पिपरा लिङ्क रोड टोल विकास समितिले समेत विज्ञप्ती जारी गरेको विराेध गरेकाे थियो भने सामाजिक सञ्जालमा समेत व्यापक रुपमा विराेध हुँदै आएको छ । बुधबार साेही ठाउँमा स्थानिय युवाहरु विराेध प्रदर्शन गर्ने पनि तयारी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...