Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कृषक समुह महासंघ पर्साको तेस्राे जिल्ला अधिवेशन सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय कृषक समुह महासंघ पर्साको तेस्राे जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । कृषि ज्ञान केन्द्र वीरगंजमा सम्पन्न अधिवेशनले अनिल साह राैनियारकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेकाे छ ।

नयाँ कार्य समितिकाे उपाध्यक्षमा फुलमती देवी थारु, सचिवमा दिपेन्द्र पंडित, सह सचिवमा ओमप्रकाश साह, कोषाध्यक्षमा कमला घिमिरे, सदस्यमा अर्जुन कुमार, प्रदिप चौरसिया र जखमोदीन सर्विहमत चयन भएका छन् ।

त्यस अघि अधिवेशनकाे उद्घाटन कृषि अनुसन्धान निर्देशनालय परवानीपुर बाराका निर्देशक डा. बिशेषश्वर यादवको गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै निर्देशक डा. यादवले नेपालमा ७ लाख मैटिरीक टन रसायनिक मलको आवश्यक्ता रहेको तर नेपाल सरकारले ४ लाख मैटिरकि टन खरिदका लागी रकम छुटयाउँदा अभाव हुने स्वभाविक रहेको बताए ।

उनले ४ लाख मैटिरीक टनका लागी खरिद गर्न छुटयाएको रकमबाट पनि अपुग रकम भएका कारण १ लाख ५८ मेटिरकि टन मात्रै नेपाल आएकोले नेपालमा रसायनिक मलको अभाव भएको वताए । निर्देशक डा. यादवका अनुसार युकरेन र रसियाका युद्धका कारण पनि कच्चा पदार्थ भारतमा आउन नसक्नु पनि भारतमा पनि रसायनिक मलको अभाव हुनाले पनि नेपालको सिमावर्ती गाउँहरुमा मल अभाव भएकाे हाे ।

राष्ट्रिय कृषक महासंघका सचिव रामहरि शर्माले महासंघका जिल्ला कार्यसमितीले तीनै तहका सरकारलाई झकझकाउनु पर्ने वताए । साथै उनले कृषकहरुलाई आफ्नाे अधिकारकाे लागि चुप लागेर नबस्न आग्रह समेत गरे ।

गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले समाजिक संघ/संस्था बिना नेपालमा विकासको सपना देख्नु मुर्खता भएकाे बताए । उनले वास्तविक कृषकहरु तीनै तहको सरकारबाट सेवासुबिधा लिनबाट बंचित रहेको र कृत्रिम कृषकहरु ठुल्ला ठुल्ला कृषी सेवासुबिधा लिईरहेको आरोप लगाए ।

बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियाले अब आउने दिनमा कृषी र समाजिक क्षेत्रमा बजेट बिनियोजन गर्ने बताईन । उनले पहिलो कार्यकाल रहेकोले सिक्ने क्रममा समाजिक तथा कृषी क्षेत्रमा बजेट नराखिएकोले अब नछुटने वताइन ।

जिल्ला कार्य समिती पर्साकी निरा झाकाे अध्यक्षतामा भएकाे अधिवेशवन उद्घाटन कार्यक्रममा सालट्रेडिङ्ग कम्पनि लिमिटेड वीरगंजका संजय कुमार गुप्ता, कृषि ज्ञान केन्द्रका बाली अधिकृत राजकिशोर पटेल लगायतकाे सहभागीता रहेको थियो भने कार्यक्रमकाे संचालन कृषि महासंघ पर्साका पुर्व जिल्ला अध्यक्ष नरेश जयसवालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...