Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता सुरु

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साको आयोजनामा बिहीबारबाट सातौँ संस्करणको प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता वीरगंजमा सुरु भएको छ ।

आदर्शनगर रंगशालामा सुरु भएको प्रतियोगिताको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले वीरगंजकाे पहिचान उच्च बनाउने गरी खेलाडीहरुको उत्पादन गर्नु पर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि विद्यालय स्तरबाटै हुने खेलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले खेलाडीहरुको प्रतिभालाई उजागर गराउन खेलकुद प्रतियोगिताहरुको आयोजनालाई बृद्धि गर्नु पर्ने बताउँदै त्यसका लागि महानगरले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा समेत गरे ।

यस्तै मधेस विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्यले शैक्षिक पाठ्यक्रमका साथै अतिरिक्त कृयाकलापलाई पनि सँगै अघि बढाउँदा विद्यार्थीको सर्वाङ्गिण विकाशमा सहयोग पुग्ने बताए । उनले खेलकुद तथा अन्य अतिरिक्त कृयाकलाप सिकाईकै माध्यम रहेको बताउँदै यसलाई निरन्तरता दिन विद्यालयहरुलाई आग्रह गरे ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले खेलाडीले खेलबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था बनाउनु पर्नेमा जोड दिए । कुनै विद्यालय सहभागि हुने कुनै नहुने भन्दा पनि खेलमा सबै विद्यालयलाई सहभागिता जनाउन सक्ने गरी आवश्यक सेवा सुविधा उपलब्ध गराउने वातावरण बनाउन सरोकारवालाहरुलाई उनले आग्रह समेत गरे । त्यसका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ सँधै तयार रहेको पनि अध्यक्ष गुप्ताले बताए ।

प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानको सभापतित्वमा भएकाे उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका प्रमुख उमेश चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, हरिदेब खरेल लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रतियोगितामा सहभागि विद्यालयहरुले मार्च पास गरेका थिए । मार्चपासमा मस्कट एकेडेमी प्रथम हुन सफल भएको छ । सेन्ट जेभियर्स दोस्रो र एमइएस एकेडेमी तृतीय स्थान हात पारेको छ ।

१४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगंजका २५ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बलिङ र उपप्रमुख इम्तियाज आलमले ब्याटिङग गरेर खेल सुरु गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेल मनकामना मा.वि. र चिल्ड्रेन वल्र्डबीच भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...