Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा निसासिएर दुई जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा कोईला बालेर सुतेका २ जना भारतीय नागरिकको निसासिएर मृत्यु भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २२ जगरनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपो रेखदेख गर्ने २ जना कर्मचारीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

मत्यु हुनेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं. ७ बस्ने २९ वर्षीय पबित्र गिरी र भारत बस्ने सोही डिपोका म्यानेजर ३० वर्षीय मिथलेश यादव रहेका छन् । गएराति कोईला डिपोको एकतले पक्की भवनको कोठाभित्र झ्याल ढोका बन्दगरी राति सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीको उपस्थितिमा ढोका फोडेर हेर्दा दुवै जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

नारायणी अस्पतालबाट चिकित्सक सहितको टोली घटनास्टथल पुगेर घटनाको अनुसन्धान गर्ने क्रममा तगारीमा पत्थर कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको हुँदा उनीहरुको अक्सीजनको कमीका कारण निसास्सिएर मृत्यु भएको देखिएकाे प्रवक्ता गिरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...