Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

ओमशिवशक्ति साकोसको १४ औं वार्षिक साधारणसभा सम्पन्न

spot_img
spot_img

वीरगंज । श्री ओमशिवशक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औं वार्षिक साधारणसभा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको होटल भिस्वामा आयोजित साधारणसभाको उदघाटन गर्नु हुFदै अन्नपूर्ण भेजिटेबल ईन्ड (त्रिवेणी ग्रुप)का संचालक प्रभु दयाल कन्दोईले छोटो समयमै यस संस्थाले राम्रो प्रगति गरेको र आउने दिनमा पनि अझै प्रगति गरोस भनी शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुसार संस्थाका सञ्चालक समिति र सम्पूर्ण शेयरधनीहरु एकजुट भई कडा मेहनतका साथ काम गरेकोले यो अवस्थामा पुगेको भन्दै प्रमुख अतिथि कन्दोईले संस्थालाई आफ्नो तर्फबाट हुन सक्ने सहयोगहरु गर्ने प्रगितबद्धा समेत जनाएका थिए ।

संस्थाका अध्यक्ष कलिस्टर साह कानुको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान नेपाल केन्द्रीय बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, बाराको महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफा, मधेश प्रदेश सहकारी विभाग कार्यालय शाखा अधिकृत ओम नारायण झा, नेपाल बुद्धिजिवी परिषद् मधेश प्रदेशका अध्यक्ष एवं जय गणेश साकोसका बरिष्ठ सल्लाहकार शम्भु प्रसाद गुप्ता, समाजसेवी शिवशंकर पटेल, सिएमसी पर्साका अध्यक्ष एवं श्री निधि साकोसका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर चौरसिया, राष्ट्रिय सहकारी बैंक लि. वीरगंजका प्रबन्धक संजय कुमार महतो, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिव जिष्णु बराल लगायतकाले संस्थाको उत्तरोत्तर प्रगति एवं सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाका संचालक अध्यक्ष कलिष्टर साह कानुले यस आवमा संस्थाको शेयर पूँजी २ करोड ११ लाख ६२ हजार ८ सय, निक्षेप एकत्तीस करोड एकानब्बे लाख दुई हजार दुई सय १३ रुपैया छ पैसा, ऋण लगानी ३० करोड ६५ लाख ७६ हजार ८ सय ३० रुपैया, संस्थागत पूँजी ९२ लाख ३ हजार ५ सय ८५ रुपैया २१ पैसा, बाह्य ऋण ६ करोड ३० लाख ९६ हजार ४ सय ३६ रुपैया २२ पैसा र आयकर अघिको खुद बचत १४ लाख ३७ हजार ३ सय २९ रुपैया ४५ पैसा सफल भएको बताए । त्यसैगरी संस्थाका लेखा समिति संयोजक जिउत प्रसाद साहले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा संस्थाले गरिब, असहाय जेहन्दार विद्यार्थी सन्ध्या कुमारी सोनार र सन्ध्या कुमारी रौनियारलाई कपि, पेन, व्याग तथा कक्षा १० सम्म छात्रवृति समेत दिईएको थियो । सोही अवसरमा विगत लामो समय देखि श्री ओमशिवशक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रही उत्कृष्ट कार्य गरेका बबिता कुमारी उदास र मनिषा गोलेलाई दोसल्ला र प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।

सञ्चारकर्मी उज्जवल घिमिरेले सहजीकरण गर्नु भएको कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश स्थायी कमिटि सदस्य एवं ईन्द्रेणी साकोसका अध्यक्ष उमेश गुप्ता, अन्नपूर्ण भेजिटेबल ईन्डका प्रबन्ध निर्देशक अजय कुमार अग्रवाल, जयलक्ष्मी साकोसका अध्यक्ष नग नारायण सिंह, शिवम साकोसका सचिव राजेन्द्र जैसवाल, कोहिनुस साकोसका व्यवस्थापक प्रदीप शर्मा, गृहलक्ष्मी साकोसका सह व्यवस्थापक उमेश साह, वीरगंज साकोसका दिल्ली विक्रम कार्की, स्वच्छ साकोसका व्यवस्थापक चन्द्रशेखर साह, नेफ्स्कुनका फिल्ड कार्यालय वीरगंजका ईन्चार्ज बृजेश गुप्ता, भगवति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राम निवास देहाती, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका व्यवस्थापक राम अनुप यादव लगायत सहकारीका शेयर सदस्यहरु एवं सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...