Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

ग्लोबल लेदर उद्योगले सिर्सिया नदीमा प्रदुषित पानी फाल्ने गरेकाे भेटियाे

spot_img
spot_img

वीरगंज । सिर्सिया नदी प्रदुषणमा जिम्मेवार रहेका उद्योगलाई कारबाहीको दायरामा ल्याउन वीरगंज महानगरपालिकाले सुरु गरेको उद्योगको अनुगमन जारी छ । मंगलबार नदी क्षेत्रमा रहेका तीन वटा उद्योगको स्थलगत अनुगमन गरिएको छ ।

वीरगंज महानगरपालिका वडा नम्वर २२ मा रहेको ग्लोबल लेदर प्रा.लि., वडा नम्वर ३२ को अन्नपूर्ण स्टिल उद्योग र सोही ठाउँको फर्चुन स्टिल इम्पेक्सको टोलीले अनुगमन गरेको हो । मंगलबार अनुगमन भएका तीन वटा उद्योगमध्ये ग्लोबल लेदर नदी प्रदुषण गराउन जिम्मेवार रहेको पाइएको छ ।

यो उद्योगले पानी प्रशोधन नै नगरी केमिकल युक्त दुर्गन्धित पानीसहितको फोहोर सोझै नदीमा मिसाउने गरेको भेटिएको छ ।
उद्योग स्थापना गर्दा नै पानी प्रशोधन केन्द्र निर्माण गर्नु पर्ने भए पनि उद्योगले अटेर गर्दै प्रशोधन केन्द्र नै नबनाई दुर्गन्धित पानी सोझै नदीमा मिसाइरहेको भेटिएको अनुगमनमा गएका वीरगंज महानगरका वातावरण निरीक्षक प्रदिप साहले जानकारी दिए ।

अनुगमन टोलीले उद्योगलाई तत्काल प्रशोधन केन्द्र बनाउन र फोहोर पानी नदीमा नफाल्न चेतावनी दिएको छ ।

यस्तै आजै अनुगमन भएका दुबै स्टिल उद्योगले भने फोहोर पानी नदीमा नफालेको भेटिएको पनि वातावरण निरीक्षक साह बताउँछन् । गएको कात्तिक २३ गते वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा स्थानीय प्रशासन, उद्योगी तथा सुरक्षाकर्मी सम्मिलित सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति गठन भएर समितिले हरेक साताको मंगलबार नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन गर्दै आएको छ ।

वीरगंज महानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको आइतबार मात्रै बसेको संयुक्त बैठकले तीन साताको अनुगमनका क्रममा सिर्सिया नदी प्रदुषणमा जिम्मेवार रहेका तीन वटा उद्योगलाई कारबाहीस्वरुप स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।

मरियम लेदर, मारुती पेपर र दुर्गा पल्प एण्ड पेपरलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले निर्वाचनका बेला जनतासमक्ष गरेको बाचा बमोजिम सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि समिति नै बनाएर अभियान चलाएका हुन् ।

मंगलबार अनुगमनमा वीरगंज महानगरपालिका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दावा तेन्जी शेर्पा, महानगर प्रहरी प्रमुख हरि भुषाल लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...