Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सडकमा फोहोर फाल्ने कृषि बैंक र गगन बचतलाई जरिवाना

spot_img
spot_img

वीरगंज । सडकमा जथाभावी फोहोर फाल्ने वीरगंजका २ वटा वित्तीय संस्थालाई सोमबार जरिबाना तिराईएको छ । वीरगंजलाई सफा, सुन्दर बनाउनका लागि जथाभावी फोहोर फाल्नेलाई कारबाही अभियान अघि बढाएको महानगरले सोमबार २ वटा वित्तीय संस्थालाई कारबाही स्वरुप जरिबाना तिराएको हो ।

महानगरले लिंक रोडमा रहेको कृषि विकास बैंकलाई १ हजार रुपैयाँ र गगन बचत तथा ऋण सहकारी संस्थालाई २ हजार ५ सय रुपैयाँ जरिबाना तिराईएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए । पहिले सचेत गराउँदै आए पनि फोहोर जथाभावी फाल्न नछाडेपछि कारबाही गर्न लागिएको हो ।

यस अघि महानगरले कुमारी बैंक तथा अन्य २ वटा पसललाई जरिवाना तिराई सकेको छ । महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ ।

वीरगंजलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गरिने महानगरले चेतावनी दिएको छ । सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको छ ।

महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...