Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

सडकमा फोहोर फाल्ने कृषि बैंक र गगन बचतलाई जरिवाना

spot_img
spot_img

वीरगंज । सडकमा जथाभावी फोहोर फाल्ने वीरगंजका २ वटा वित्तीय संस्थालाई सोमबार जरिबाना तिराईएको छ । वीरगंजलाई सफा, सुन्दर बनाउनका लागि जथाभावी फोहोर फाल्नेलाई कारबाही अभियान अघि बढाएको महानगरले सोमबार २ वटा वित्तीय संस्थालाई कारबाही स्वरुप जरिबाना तिराएको हो ।

महानगरले लिंक रोडमा रहेको कृषि विकास बैंकलाई १ हजार रुपैयाँ र गगन बचत तथा ऋण सहकारी संस्थालाई २ हजार ५ सय रुपैयाँ जरिबाना तिराईएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए । पहिले सचेत गराउँदै आए पनि फोहोर जथाभावी फाल्न नछाडेपछि कारबाही गर्न लागिएको हो ।

यस अघि महानगरले कुमारी बैंक तथा अन्य २ वटा पसललाई जरिवाना तिराई सकेको छ । महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ ।

वीरगंजलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गरिने महानगरले चेतावनी दिएको छ । सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको छ ।

महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...