Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना

spot_img
spot_img

वीरगंज । जथाभावी फोहोर फाल्नेलाई वीरगंज महानगरपालिकाले कारबाही अभियान अघि बढाएको छ । महानगरलाई सफा, सुन्दर बनाउनका लागि जथाभावी फोहोर फाल्ने बानी हटाउन कारबाही स्वरुप महानगरले जरिवाना गर्न लागेको हो ।

महानगरले बिहीबार २ वटा पसललाई कारबाही स्वरुप जरीवाना तिराएको छ । घण्टाघरको विनोद मोबाइल हबले सडक पेटीमा जथाभावी फोहोर फालेको भेटिएपछि जरिवाना गरिएको महानगरका सरसफाई शाखा प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए ।

यस्तै विर्तामा रहेको संस्कार मेडिकोलाई पनि जरिवाना तिराईको छ । पहिलो पटकलाई ५ सय रुपैयाँ जरिवाना तिराइएको र पुनः फोहोर फ्याँकेको भेटिए थप जरिवाना गरिने मियाँले बताए ।

महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ ।

वीरगञ्जलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको छ । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...