Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जाडाेका कारण धाेबिनी र पटेर्वा सुगाैलीका विद्यालयहरु पनि बन्द

spot_img
spot_img

वीरगंज । चिसाे बढेपछि पर्साका विद्यालयहरु बन्द भएका छन् । पर्साका अधिकांश पालिकाहरुले मंगलबारदेखि आफ्ना मातहतका विद्यालयहरुमा विदा दिएका छन् ।

वीरगंज महानगरपालिका सहितका केहि पालिकाहरुले साेमबार नै सूचना जारी गर्दै विद्यालयहरुमा विदा दिए पनि धाेबिनी गाउँपालिका र पटेर्वा सुगाैली गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै बिदा दिएका छन् ।

धाेबिनी गाउँपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बुधबारदेखि शुक्रबार सम्म ३ दिनकाे विदा दिएकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत महमद नवाज हुसैनले मंगलबार सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण बाल बालिकाहरुलाई नियमित बिधालयमा पठन पाठन असहज हुँदै गएकोले मिति २०७२/०९/२० गतेदेखि २०७९/०९/२२ गते सम्म हिउँदै बिदाबाट कट्टा हुने गरि विद्यालयमा पठन पाठन मात्र स्थगन गरिएको व्यहोरा सबैमा जानकारी गराएका छन् ।

साथै उनले जारी गरेकाे सूचनामा मौसम अनुकुल भए पश्चात पठन पाठन पुनः संचालन हुने व्यहोरा समेत उल्लेख गरिएकाे छ ।

त्यसैगरी पटेर्वा सुगाैली गाउँपालिकाले पनि आफ्ना मातहतका सबै विद्यालयहरुमा ४ दिनकाे जाडाे विदा दिएकाे छ । प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण अत्याधिक चिसो बढेकोले बालवालिकाहरुलाई नियमित बिधालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७२/०९/१९ गतेदेखि मिति २०७९/०९/२२ गते सम्म विदा दिइएकाे जनाएका छन् । 

उनले जारी गरेकाे सूचनामा हिउँदे बिदाबाट कट्टा हुने गरी विद्यालयमा पठनपाठन स्थगित रहने र मिति २०७९/०९/ २४ गते देखि नियमित कक्षा संचालन हुने व्यहोरा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...