Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

जाडाेका कारण धाेबिनी र पटेर्वा सुगाैलीका विद्यालयहरु पनि बन्द

spot_img
spot_img

वीरगंज । चिसाे बढेपछि पर्साका विद्यालयहरु बन्द भएका छन् । पर्साका अधिकांश पालिकाहरुले मंगलबारदेखि आफ्ना मातहतका विद्यालयहरुमा विदा दिएका छन् ।

वीरगंज महानगरपालिका सहितका केहि पालिकाहरुले साेमबार नै सूचना जारी गर्दै विद्यालयहरुमा विदा दिए पनि धाेबिनी गाउँपालिका र पटेर्वा सुगाैली गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै बिदा दिएका छन् ।

धाेबिनी गाउँपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बुधबारदेखि शुक्रबार सम्म ३ दिनकाे विदा दिएकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत महमद नवाज हुसैनले मंगलबार सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण बाल बालिकाहरुलाई नियमित बिधालयमा पठन पाठन असहज हुँदै गएकोले मिति २०७२/०९/२० गतेदेखि २०७९/०९/२२ गते सम्म हिउँदै बिदाबाट कट्टा हुने गरि विद्यालयमा पठन पाठन मात्र स्थगन गरिएको व्यहोरा सबैमा जानकारी गराएका छन् ।

साथै उनले जारी गरेकाे सूचनामा मौसम अनुकुल भए पश्चात पठन पाठन पुनः संचालन हुने व्यहोरा समेत उल्लेख गरिएकाे छ ।

त्यसैगरी पटेर्वा सुगाैली गाउँपालिकाले पनि आफ्ना मातहतका सबै विद्यालयहरुमा ४ दिनकाे जाडाे विदा दिएकाे छ । प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण अत्याधिक चिसो बढेकोले बालवालिकाहरुलाई नियमित बिधालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७२/०९/१९ गतेदेखि मिति २०७९/०९/२२ गते सम्म विदा दिइएकाे जनाएका छन् । 

उनले जारी गरेकाे सूचनामा हिउँदे बिदाबाट कट्टा हुने गरी विद्यालयमा पठनपाठन स्थगित रहने र मिति २०७९/०९/ २४ गते देखि नियमित कक्षा संचालन हुने व्यहोरा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...