Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धाेबिनीमा पनि प्रयाेगशाला स्थापना हुने, गाउँपालिकाले बुझ्याे आवश्यक सामग्री

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा सुविधा सम्पन्न प्रयाेगशाला स्थापना हुने भएकाे छ । गाउँपालिकामा प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले बुधबार जगरनाथपुर गाउँपालिकालाई करिब रु ६० लाख बराबरको ल्याब सम्बन्धित स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराएकाे छ ।

गाउँपालिका अध्यक्ष मदन चाैहानकाे पहल र समन्वयमा गाउँपालिकामा सुविधासम्पन्न प्रयाेगशाला स्थापनाकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरणहरु उपलब्ध गराएकाे प्रमुख प्रशासकिय नवाज हुसेनले जानकारी दिए ।

साे सामग्री बुझ्न गाउँपालिका अध्यक्ष चाैहान कै नेतृत्वकाे टाेली बिहिबार जनकपुरधाम पुगेकाे थियाे । गाउँपालिकाको वडा नं. ४ मा रहेकाे लंगडी स्वास्थ्य चौकीमा प्रयोगशाला संचालनकाे लागि बिहिबार नै प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम र जगरनाथपुर गाउँपालिका बीच १८ बुंदे सम्झाैता समेत भएकाे प्रमुख प्रशासकिय अधिकृत हुसेनले जानकारी गराए ।

समझाैता अनुसार प्रयोगशालासंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक विषयहरु प्रदेश प्रयोगशालासंग समन्वय गरी संचालन गर्नु पर्नेछ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानिय तहले गर्नु पर्ने छ । ल्याव रिपोर्टको राम्रो व्यवस्था गर्नु पर्ने छ, DHIS 2 लगायतका रिपोर्टिङहरु तोकिएको समय गर्नुपर्ने छ ।

कर्मचारी र Kits/Reagents/Consumables को व्यवस्था यस आर्थिक बर्षकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ । आगामी वर्षको लागि प्रदेश सरकारबाट वजेट प्राप्त भए अनुसार हुनेछ । अन्यथा पालिकाले स्वास्थ्यको बजेटबाट गर्नु पर्नेछ । जनशक्तिहरुलाई तालिम प्रयोगशालाबाट प्रदान गरिनेछ ।

सम्पन्न दुई पक्षिय सम्झाैता पत्रमा प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा. श्रवण कुमार मिश्र, गाउँपालिका अध्यक्ष यादव र लंगडि स्वास्थ्य चौकी प्रमुख मनु पटेलले हस्ताक्षर गरेका छन् । 

यस अघि बुधबार नै जगरनाथपुर गाउँपालिक‍ाले विजबनिया स्वास्थ्य चाैकीमा प्रयाेगशाला संचालनकाे लागि प्रदेश जनस्वास्थ्य प्रयाेगशालासंग समझ्ताै गर्दै आवश्यक समाग्री र उपकरणहरु बुझेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...