Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

धाेबिनीमा पनि प्रयाेगशाला स्थापना हुने, गाउँपालिकाले बुझ्याे आवश्यक सामग्री

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा सुविधा सम्पन्न प्रयाेगशाला स्थापना हुने भएकाे छ । गाउँपालिकामा प्रयोगशाला स्थापनाको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले बुधबार जगरनाथपुर गाउँपालिकालाई करिब रु ६० लाख बराबरको ल्याब सम्बन्धित स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराएकाे छ ।

गाउँपालिका अध्यक्ष मदन चाैहानकाे पहल र समन्वयमा गाउँपालिकामा सुविधासम्पन्न प्रयाेगशाला स्थापनाकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आवश्यक सामग्री र उपकरणहरु उपलब्ध गराएकाे प्रमुख प्रशासकिय नवाज हुसेनले जानकारी दिए ।

साे सामग्री बुझ्न गाउँपालिका अध्यक्ष चाैहान कै नेतृत्वकाे टाेली बिहिबार जनकपुरधाम पुगेकाे थियाे । गाउँपालिकाको वडा नं. ४ मा रहेकाे लंगडी स्वास्थ्य चौकीमा प्रयोगशाला संचालनकाे लागि बिहिबार नै प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम र जगरनाथपुर गाउँपालिका बीच १८ बुंदे सम्झाैता समेत भएकाे प्रमुख प्रशासकिय अधिकृत हुसेनले जानकारी गराए ।

समझाैता अनुसार प्रयोगशालासंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक विषयहरु प्रदेश प्रयोगशालासंग समन्वय गरी संचालन गर्नु पर्नेछ । सेवाग्राहीलाई बस्ने, खानेपानी र आराम गर्ने राम्रो व्यवस्था स्थानिय तहले गर्नु पर्ने छ । ल्याव रिपोर्टको राम्रो व्यवस्था गर्नु पर्ने छ, DHIS 2 लगायतका रिपोर्टिङहरु तोकिएको समय गर्नुपर्ने छ ।

कर्मचारी र Kits/Reagents/Consumables को व्यवस्था यस आर्थिक बर्षकाे लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ । आगामी वर्षको लागि प्रदेश सरकारबाट वजेट प्राप्त भए अनुसार हुनेछ । अन्यथा पालिकाले स्वास्थ्यको बजेटबाट गर्नु पर्नेछ । जनशक्तिहरुलाई तालिम प्रयोगशालाबाट प्रदान गरिनेछ ।

सम्पन्न दुई पक्षिय सम्झाैता पत्रमा प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा. श्रवण कुमार मिश्र, गाउँपालिका अध्यक्ष यादव र लंगडि स्वास्थ्य चौकी प्रमुख मनु पटेलले हस्ताक्षर गरेका छन् । 

यस अघि बुधबार नै जगरनाथपुर गाउँपालिक‍ाले विजबनिया स्वास्थ्य चाैकीमा प्रयाेगशाला संचालनकाे लागि प्रदेश जनस्वास्थ्य प्रयाेगशालासंग समझ्ताै गर्दै आवश्यक समाग्री र उपकरणहरु बुझेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र...

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...