Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

जथाभावी पार्किङ र फुटपाथ अतिक्रमण धमाधम हटाउँदै महानगर

spot_img
spot_img

वीरगंज । वीरगंजकाे बाइपास सडक छेउमा लामो समयदेखि पार्किङ गरेर छाडेको बेवारिसे ट्रक वीरगंज महानगरपालिकाले हटाएको छ । महानगरले सडक पेटीमा राखेका निर्माण सामग्री तथा सवारी हटाउने अभियानका क्रममा बाइपास सडकमा लामो समयदेखी वेवारिसे रुपमा छाडेको ना ३ ख ९२९५ नम्वरको ट्रक हटाएको हो ।

वडा नम्वर १५ लक्ष्मनवा स्थित बाइपास सडक छेउमा पार्किङ गरेर राखेको वेवारिसे ट्रकलाई महानगरपालिकाले नियन्त्रणमा लिएर अहिले बालमन्दिरको चौरमा राखेको छ ।

यसैबीच अभियानकै क्रममा सडक पेटीमा राखिएका निर्माण सामग्री हटाउनुका साथै फुटपाथमा राखिएका ठेला तथा पसल हटाइएको वीरगंज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

मंगलबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगंज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुषाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...