Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

जथाभावी पार्किङ र फुटपाथ अतिक्रमण धमाधम हटाउँदै महानगर

spot_img
spot_img

वीरगंज । वीरगंजकाे बाइपास सडक छेउमा लामो समयदेखि पार्किङ गरेर छाडेको बेवारिसे ट्रक वीरगंज महानगरपालिकाले हटाएको छ । महानगरले सडक पेटीमा राखेका निर्माण सामग्री तथा सवारी हटाउने अभियानका क्रममा बाइपास सडकमा लामो समयदेखी वेवारिसे रुपमा छाडेको ना ३ ख ९२९५ नम्वरको ट्रक हटाएको हो ।

वडा नम्वर १५ लक्ष्मनवा स्थित बाइपास सडक छेउमा पार्किङ गरेर राखेको वेवारिसे ट्रकलाई महानगरपालिकाले नियन्त्रणमा लिएर अहिले बालमन्दिरको चौरमा राखेको छ ।

यसैबीच अभियानकै क्रममा सडक पेटीमा राखिएका निर्माण सामग्री हटाउनुका साथै फुटपाथमा राखिएका ठेला तथा पसल हटाइएको वीरगंज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

मंगलबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगंज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुषाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...