Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज १५ मा बाटो अतिक्रमण हटायाे महानगर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कार्य अन्तरगत आइतबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १५ मा पर्ने इनरवाईपासको ४० फिटे बाटोको अतिक्रमण हटाउने कार्य सम्पन्न गरेको छ ।

इनरबाईपासको ४० फिटे सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो । महानगरले दुई दिन लगाएर ४० फिटे बाटोको अतिक्रमण हटाएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली समितिका संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।

अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतान, बीरगंज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सरफुद्दिन मिया सहितको टिम, नगर प्रहरी इन्चार्ज हरि भुषालको कमाण्डमा खटिएको टिम तथा बस पार्क प्रहरी चौकीका प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...