Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

दुर्घटनाका घाईते ट्राफिक प्रहरी चाैरसियाकाे निधन

spot_img
spot_img

वीरगंज । मोटरसाइकल दुर्घटनामा परी घाईते भएका ट्राफिक प्रहरी सहायक हवल्दार शशीकान्त चौरसियाको उपचारका क्रममा निधन भएको छ ।

पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत चौरसियाको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा निधन भएको हो ।

चौरसिया मंसिर १० गते मोटरसाईकल दुर्घटनामा परेका थिए । कार्यालयबाट वीरगंज तर्फ जाने क्रममा चौरसियाले चलाएको मोटरसाईकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाईते भएका चौरसियाको उपचारकाे क्रममा मंगलबार नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा  निधन भएको ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक नामजीराज गुरुङले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...