Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

दुर्घटनाका घाईते ट्राफिक प्रहरी चाैरसियाकाे निधन

spot_img
spot_img

वीरगंज । मोटरसाइकल दुर्घटनामा परी घाईते भएका ट्राफिक प्रहरी सहायक हवल्दार शशीकान्त चौरसियाको उपचारका क्रममा निधन भएको छ ।

पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत चौरसियाको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा निधन भएको हो ।

चौरसिया मंसिर १० गते मोटरसाईकल दुर्घटनामा परेका थिए । कार्यालयबाट वीरगंज तर्फ जाने क्रममा चौरसियाले चलाएको मोटरसाईकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाईते भएका चौरसियाको उपचारकाे क्रममा मंगलबार नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा  निधन भएको ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक नामजीराज गुरुङले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...