Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

मुम्बई आतंककारी हमलाको विरोधमा वीरगंजमा शान्तिपूर्ण मार्च

spot_img
spot_img

वीरगंज । सन् २००८ नोभेम्बर २६ मा भारतको मुम्बईमा भएको आतंकी हमलामा ज्यान गुमाएको सम्झनामा वीरगंजमा शनिबार क्यान्डील मार्च निकालिएको छ । स्वतन्त्र युवा समाज नामक संस्थाको आयोजनामा सयौंको सहभागितामा वीरगंजका युवा युवतीहरुले क्यान्डील मार्च निकालेका हुन ।

उनीहरुले २६-११ मुम्बई आतंकी हमला मानवताको लागि कलंक हो, आतंकी हमलाका दोषी पाकिस्तान मुर्दाबाद, आतंकबाद विचारधाराको अन्त्य होस, विश्वशान्तिमा अवरोधक आतंकबाद मुर्दाबाद, आतंकबादको जन्मदाता पाकिस्तान मुर्दाबाद लगायत अंकित नारा उल्लेख गरिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए ।

वीरगंजकाे माईस्थान मन्दीर अगाडीबाट निकालिएको मार्चमा सहभागिहरुले आतंकबाद विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । आर्दशनगर, कैलाशचौक, घडिअर्वा, गितामन्दीर रोड हुँदै पुन: घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र युवा समाजका अध्यक्ष कृष्ण चौरसियाले मानवताका विरुद्ध जनुसुकै देशमा अन्याय अत्याचार भए त्यस्तो मानवता विरोधीलाई परास्त गर्न नेपालीहरु पनि पछि नहट्ने चेतावनी दिए । उनले पाकिस्तानी आतंककारीले भारतमा हिन्दूलाई लक्षित गरी गरेको आतंकी हमलाको कडा निन्दा गर्दै यसको घोर भत्र्सना समेत गरे ।

विश्वको जनुसुकै देशमा रहेको हिन्दूमाथि कुनैपनि प्रकारको हमला भए नेपाली हिन्दूलाई असहन हुने बताउँदै त्यसको विरोध नेपालमा गरिने चेतावनी समेत दिए । उनले भने, मानवता विरोधी गतिविधि गर्ने आतंकबादलाई विश्वबाट नै अन्त्य गर्नु पर्छ ।

नोभेम्बर २६, २००८ मा पाकिस्तानी आतंकबादी संगठन लश्कर–ए–तैयबाका दश प्रशिक्षित र भारी सशस्त्र लडाकूहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए । चार दिनसम्मसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए । आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...