Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

प्रदेशसभा पर्सा क्षेत्र नं. ३ (१) मा स्वतन्त्र उम्मेदवार जयसवाल विजयी

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. ३ काे १ मा स्वतन्त्र उम्मेदवार प्रमाेद जयसवाल विजयी भएका छन् । एमाले-जसपा गठबन्धनका उम्मेदवार तथा निर्वतमान प्रदेशसभा सदस्यलाई हराउँदै जयसवाल विजयी भएका छन् ।

प्रदेश सभा सदस्यमा विजयी जयसवाल सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवालका दाई हुन् । यस अघि भएकाे स्थानिय तहकाे निर्वाचनमा प्रदिप पुन: चुनाव लडेपनि पराजित भएका थिए । तर त्यसकाे केही महिना मै भएकाे प्रतिनिधि सभा तथा प्रदेशसभाकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनका दाई प्रमाेद विजयी भएका हुन् ।

निकटतम् प्रतिस्पर्धी निर्वतमान प्रदेश सभा सदस्य समेत रहेका एमालेका उम्मेदवार अब्दुल रहिम अंसारी (मंजुर) लाई एक हजार ४५१ मतले हराउँदै प्रमाेद प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । जसयवालले ७ हजार ३ सय ८१ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी अंसारीले ५ हजार ९ सय ३० मत पाएका छन् ।

अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार चन्द्रकिशाेर प्रसाद चाैधरीले ४ हजार ६ सय ५५ मत, ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका छाेटेलाल प्रसाद यादवले ४ हजार ३ सय ४० मत, नेपाल सुशासन पार्टीका उम्मेदवार शिव कुमार साह ३ हजार ८ सय ३६ मत, निरराज गिरी २ हजार ७ सय ९७ मत पाएका छन् ।

यस क्षेत्र कै प्रदेश सभा सदस्यका अर्का उम्मेदवार राप्रका चन्द्रिका सहनी मलाह ८ सय १४ मत, नेपाल कम्युनिष्ट पार्टीका अमरदेव पासवान २७९ मत, अर्का स्वतन्त्र उम्मेदवार किशुन राउत अहिर १९४ मत पाएका छन् । अन्य ३ स्वतन्त्र उम्मेदवारले एक सय मत पनि पाएका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...