Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सा २ काे (२) मा दुई गठबन्धनका उम्मेदवार बिच नै प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. २ काे (२) मा दुई गठबन्धनका उम्मेदवार बिच नै प्रतिस्पर्धा देखिएकाे छ । यस क्षेत्रकाे प्रदेशसभा सदस्यमा बाम लाेकतान्त्रिक गठबन्धनबाट लाेसपाका रमेश प्रसाद कुर्मी, एमाले-जसपा गठबन्धनबाट एमालेका हरेराम पटेल उम्मेदवार छन् ।

यसैगरी जसपाका बागी उम्मेदवार मुकेश द्विवेदी, करिमा बेग्म, रुपेशमान सिंह छन् । तीनै जनालाई जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी भएका हुन् । तिनै जनालाई पार्टीकाे निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएपछि जसपाले कारवाही समेत गरिसकेकाे छ ।

क्षेत्रमा यी ५ जना उम्मेदवारकाे चर्चा रहेपनि मुख्य प्रतिस्पर्धा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार कुर्मी र एमाले-जसपा गठबन्धनका उम्मेदवार पटेल बिच हुने स्थानियहरुले वताएका छन् ।

बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार कुर्मी लाेसपा नेता एवम् निर्वतमान प्रदेशसभा सदस्य हुन् । उनी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लाेसपासहितकाे ५ दलिय गठबन्धनका उम्मेदवार हुन् । यसका साथै उनले क्षेत्र अन्तर्गतकाे वडाहरुमा गरेकाे विकास निर्माणकाे कामका कारण पनि बलियाे उम्मेदवारकाे रुपमा मानिएका छन् ।

एमाले-जसपा गठबन्धनका उम्मेदवार पटेल राजनितिकमा नयाँ भएपनि समाजिक क्षेत्रकाे अनुभव उनीसंग छ । उनी एक कुशल सहकारीकर्मी हुन् । उनी उम्मेदवार रहेकाे दल एमाले-जसपाकाे यस क्षेत्रमा राम्राे पकड रहेकाे छ । यसका साथै उनी युवा र शिक्षित नयाँ उम्मेदवार भएका कारण जनताले मन पराउन सक्ने भएकाेले पनि बलियाे उम्मेदवार रुपमा मानिएका छन् ।

स्वतन्त्र उम्मेदवार द्विवेदी युवा राजनीतिककर्मी हुन् । क्षेत्रमा उनकाे राम्राे पहिचान छ । कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघबाट राजनितिक सुरु गरेका उनी ठाकुर राम बहुमुखी क्याम्पसका स्ववियु सभापति भएकाे व्यक्ति हुन् । पछि उनी नयाँ शक्ति हुँदै उनी जसपामा सकृय थिए । तर जसपाबाट टिकट पाउन आश गरेका उनले जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका हुन् ।

स्वतन्त्र उम्मेदवार बेग्म पनि राजनीतिकर्मी नै हुन् । उनी जसपाका केन्द्रिय सदस्य थिए । पूर्व मन्त्री समेत रहेकी बेग्मलाई जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिइन । उनी मधेश आन्दाेलनमा सक्रिय सहभागिता जनाएका महिला हुन् । 

अर्का स्वतन्त्र उम्मेदवार सिंह नयाँ अनुहार हाे । उनी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे भतिजा हुन् । उनलाई क्षेत्रका जनता मेयर सिंहका नातादारकाे माध्यमले मात्र चिन्छन् । उनले पनि जसपाबाट टिकटकाे दाबी गरेपनि जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका हुन् । 

चर्चामा रहेका स्वतन्त्र उम्मेदवार तीनै जना एउटै दलका भएका कारण मत विभाजित हुने र यसकाे फाइदा गठबन्धन कै दुई उम्मेदवारहरुलाई हुने स्थानिय जानकारहरुले वताएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...