Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा कन्टेनरकाे ठक्करबाट ट्रक चालककाे मृत्य

spot_img
spot_img

वीरगंज । कन्टेनरकाे ठक्करबाट घाइते भएका भारतिय ट्रक चालककाे मृत्यु भएकाे छ । भारत बिहार जिल्ला गोपाल गंज थाना बरैली निवासी ३० बर्षिय ट्रक चालक अशोक यादवकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २५ आइसिपी २ नम्बर गेटको पार्किङ एरियामा बिहिबार सांझ ६:३० बजेको समयमा पिबि १२ एम ८१४९ नम्बरको ट्रक पार्किङ गरी पैदल हिडिरहेका ट्रक चालक यादवलाई एनएल ०१ एडि ४७३८ नम्बरको कन्टेनरले व्याक गर्ने क्रममा ठक्कर दिएकाे थियाे ।

कन्टेनरकाे ठक्करबाट यादवकाे दुवै खुट्टा किचीएर गम्भीर चोट लागेकाे थिए । घाईते यादवकाे उपचारको लागी एल.एस.न्युरो अस्पताल वीरगंजमा लगिए पनि सामान्य उपचार पश्चात थप उपचारको लागी रिफर भई नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना भई उपचाररत थिए ।

नेशनल मेडिकल कलेज मै उपचारकाे क्रममा बिहिबार राति ८ बजे अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त कन्टेनर सहित चालक देश भारत युपि जिल्ला बरैली थाना सि.डी.जंग बस्ने ५० बर्षिय अजद रजालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । मृतकको लास जाँच प्रकृती मुचुल्का सम्पन्न गरी पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगंजमा पठाई थप अनुसन्धान कार्य भैरहेको समेत उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको...

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...