Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंजमा कन्टेनरकाे ठक्करबाट ट्रक चालककाे मृत्य

spot_img
spot_img

वीरगंज । कन्टेनरकाे ठक्करबाट घाइते भएका भारतिय ट्रक चालककाे मृत्यु भएकाे छ । भारत बिहार जिल्ला गोपाल गंज थाना बरैली निवासी ३० बर्षिय ट्रक चालक अशोक यादवकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २५ आइसिपी २ नम्बर गेटको पार्किङ एरियामा बिहिबार सांझ ६:३० बजेको समयमा पिबि १२ एम ८१४९ नम्बरको ट्रक पार्किङ गरी पैदल हिडिरहेका ट्रक चालक यादवलाई एनएल ०१ एडि ४७३८ नम्बरको कन्टेनरले व्याक गर्ने क्रममा ठक्कर दिएकाे थियाे ।

कन्टेनरकाे ठक्करबाट यादवकाे दुवै खुट्टा किचीएर गम्भीर चोट लागेकाे थिए । घाईते यादवकाे उपचारको लागी एल.एस.न्युरो अस्पताल वीरगंजमा लगिए पनि सामान्य उपचार पश्चात थप उपचारको लागी रिफर भई नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना भई उपचाररत थिए ।

नेशनल मेडिकल कलेज मै उपचारकाे क्रममा बिहिबार राति ८ बजे अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त कन्टेनर सहित चालक देश भारत युपि जिल्ला बरैली थाना सि.डी.जंग बस्ने ५० बर्षिय अजद रजालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । मृतकको लास जाँच प्रकृती मुचुल्का सम्पन्न गरी पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगंजमा पठाई थप अनुसन्धान कार्य भैरहेको समेत उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...