Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

ट्याक्टरकाे ठक्करबाट घाइते महताेकाे मृत्यु

spot_img
spot_img

वीरगंज । ट्याक्टरकाे ठक्करबाट घाइते भएका वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ चोर्नीका चाेकट महताेकाे मृत्यु भएकाे छ ।

कात्तिक १३ गते विहान ०९:४५ बजेको समयमा चोर्नीमा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्रा गरिरहेका ५९ बर्षिय महतोलाई ठक्कर दिएका थिए । ट्याक्टरकाे ठक्करले टाउकोमा गम्भीर चोट लागि घाईते भएका महताेलाई उपचारको लागी नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगंजमा भर्ना गरिएकाे थियाे ।

उपचारकाे क्रममा आज विहान ०५:५० बजेको समयमा महताेकाे मृत्यु भएको मेडिसिटि बयोधा अस्पतालले जनाएकाे छ ।

उक्त ट्याक्टर चालक चाेर्नी निवासी २० बर्षिय धर्मेन्द्र यादव दुर्घटना पश्वात फरार रहेकोमा निजलाई खोजतलास गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मृतकको लास जाँच प्रकृती मुचुल्का सम्पन्न गरी पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगंजमा पठाई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...