Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

ट्याक्टरकाे ठक्करबाट घाइते महताेकाे मृत्यु

spot_img
spot_img

वीरगंज । ट्याक्टरकाे ठक्करबाट घाइते भएका वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ चोर्नीका चाेकट महताेकाे मृत्यु भएकाे छ ।

कात्तिक १३ गते विहान ०९:४५ बजेको समयमा चोर्नीमा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले माटो खसाली व्याक गर्ने क्रममा पैदल यात्रा गरिरहेका ५९ बर्षिय महतोलाई ठक्कर दिएका थिए । ट्याक्टरकाे ठक्करले टाउकोमा गम्भीर चोट लागि घाईते भएका महताेलाई उपचारको लागी नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगंजमा भर्ना गरिएकाे थियाे ।

उपचारकाे क्रममा आज विहान ०५:५० बजेको समयमा महताेकाे मृत्यु भएको मेडिसिटि बयोधा अस्पतालले जनाएकाे छ ।

उक्त ट्याक्टर चालक चाेर्नी निवासी २० बर्षिय धर्मेन्द्र यादव दुर्घटना पश्वात फरार रहेकोमा निजलाई खोजतलास गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मृतकको लास जाँच प्रकृती मुचुल्का सम्पन्न गरी पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगंजमा पठाई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...