Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

काँग्रेस उम्मेदवार र प्रेस युनियन बिच छलफल, जिताउने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सामा सत्ता गठबनधनका नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् ।

शनिबार वीरगंजमा आयोजित पर्साका काँग्रेसका उम्मेदवार र प्रेस युनियनमा आबद्ध पत्रकाहरुको भेलामा सहभागी पत्रकारहरुले लोकतन्त्रको रक्षाका लागि मियोको रुपमा रहेको काँग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउने अभियानमा सकृयताका साथ लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

उनिहरुले मुलुकमा आइपरेका हरेक राजनीतिक संकटबाट पार लगाउने काम काँग्रेसले नै गरेको र काँग्रेस बलियो रहे मात्र लोकतन्त्र र संविधान सुरक्षित हुने भएकाले काँग्रेसका उम्मेदवारहरुलाई जिताउने नैतिक दायित्व आफुहरुको रहेकाे बताए ।

मधेसका हरेक मुद्धा र सवालमा काँग्रेसले वकालत गर्दै आएकाले मधेसका बाँकी रहेका मुद्धा सम्बोधन गराउने दायित्व पनि काँग्रेसकै रहेको र काँग्रेसले नै त्यो काम गर्ने सक्के भेलामा वाेल्ने वक्ताहरुकाे भनाई थियो ।

कार्यक्रममा सहभागी पर्सामा काँग्रेसका उम्मेदवार र अगुवा नेताहरुले आसन्न निर्वाचनमा प्रेस युनिययनको भूमीका महत्वपूर्ण भएकाले काँग्रेसका उम्मेदवारको पक्षमा दृढ भएर लाग्न अनुरोध पनि गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश रिजाल, जिल्ला सभापति एंव पर्सा ३ (ख) का उम्मेदवार जनार्दन सिंह क्षेत्री, जिल्ला उपसभापति एंव पर्सा १ (ख) का उम्मेदवार रामनारायण कुर्मी, संविधानसभा सदस्य अनिल रुंगटा, जिल्ला सचिव एंव वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी प्रैस युनियनका अग्रज एंव नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, केन्द्रिय सदस्यद्वय श्रीराम रायमाझी, निलिमा पौडेल, जिल्ला अध्यक्ष रामनारायण कुर्मी, सचिव लालकिशोर सिंह लगायतको पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...