Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

काँग्रेस उम्मेदवार र प्रेस युनियन बिच छलफल, जिताउने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सामा सत्ता गठबनधनका नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् ।

शनिबार वीरगंजमा आयोजित पर्साका काँग्रेसका उम्मेदवार र प्रेस युनियनमा आबद्ध पत्रकाहरुको भेलामा सहभागी पत्रकारहरुले लोकतन्त्रको रक्षाका लागि मियोको रुपमा रहेको काँग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउने अभियानमा सकृयताका साथ लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

उनिहरुले मुलुकमा आइपरेका हरेक राजनीतिक संकटबाट पार लगाउने काम काँग्रेसले नै गरेको र काँग्रेस बलियो रहे मात्र लोकतन्त्र र संविधान सुरक्षित हुने भएकाले काँग्रेसका उम्मेदवारहरुलाई जिताउने नैतिक दायित्व आफुहरुको रहेकाे बताए ।

मधेसका हरेक मुद्धा र सवालमा काँग्रेसले वकालत गर्दै आएकाले मधेसका बाँकी रहेका मुद्धा सम्बोधन गराउने दायित्व पनि काँग्रेसकै रहेको र काँग्रेसले नै त्यो काम गर्ने सक्के भेलामा वाेल्ने वक्ताहरुकाे भनाई थियो ।

कार्यक्रममा सहभागी पर्सामा काँग्रेसका उम्मेदवार र अगुवा नेताहरुले आसन्न निर्वाचनमा प्रेस युनिययनको भूमीका महत्वपूर्ण भएकाले काँग्रेसका उम्मेदवारको पक्षमा दृढ भएर लाग्न अनुरोध पनि गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश रिजाल, जिल्ला सभापति एंव पर्सा ३ (ख) का उम्मेदवार जनार्दन सिंह क्षेत्री, जिल्ला उपसभापति एंव पर्सा १ (ख) का उम्मेदवार रामनारायण कुर्मी, संविधानसभा सदस्य अनिल रुंगटा, जिल्ला सचिव एंव वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी प्रैस युनियनका अग्रज एंव नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, केन्द्रिय सदस्यद्वय श्रीराम रायमाझी, निलिमा पौडेल, जिल्ला अध्यक्ष रामनारायण कुर्मी, सचिव लालकिशोर सिंह लगायतको पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...