Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सशस्त्र प्रहरीले भन्सार छलिकाे सामान बाेकेकाे ३ ट्रक नियन्त्रणमा लिएर राअका बुझायाे

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले रु. एक करोड १३ लाख ४८ हजार ८ सय ५८ बराबरको ३ वटा ट्रक सहितको सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

साेमबार राति ११:३० बजेको समयमा विरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित रामगढवामा वि.ओ.पि. ड्राईपोर्ट र वि.ओ.पि. सिर्सियाबाट खटिएको संयुक्त टोलिले क्यारियर्समा विलमा उल्लेख भए भन्दा बढि सामान लोड भएकोना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरकाे ट्रक नियन्त्रणमा लिएकाे हाे ।

विशेष सुचनाको आधारमा मूल्य रु ९० लाख बराबरको ३ वटा ट्रक र उक्त ट्रकहरुमा लोड भएको रु. २३ लाख ४८ हजार ८ सय ५८ बराबरको कस्मेटीक सामान, लेडिज जुत्ता, स्टेसनरीको सामान, ईलेक्ट्रिक सामानहरु नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक सन्ताेष बस्नेले जानकारी दिए ।

जम्मा मुल्य रु. १ कराेड १३ लाख ४८ हजार ८ सय ५८ बराबरको सामान सहितकाे ३ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सुचना अधिकारी बस्नेतले जानकारी गराए ।

जय माँ दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ३ ख १००९ नम्बर ट्रककाे सामानको मुल्य रु. १० लाख ५४ हजार ६ सय ३६, श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ नम्बरकाे ट्रककाे सामानको मुल्य रु ९ लाख ३२ हजार ६ सय ८० र श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख १८७८ नम्बरकाे ट्रककाे सामानको मुल्य रु. ३ लाख ६१ हजार ५ सय ३७ रहेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...