Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलमा ५० प्रतिशत छुट

spot_img
spot_img

वीरगंज । प्रभु हस्पिटलले आफनो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपिडि छुट सहितको साता व्यापी कार्यक्रमहरु गर्न लागेको छ । वीरगंजको पानीटंकीमा रहेको प्रभु हस्पिटलले वृक्षा रोपण, शैक्षिक सामाग्री वितरण, पाठेघर क्यान्सरको जचेतना सहित रक्तदान कार्यक्रम लगायतको कार्यक्रमहरु गर्न लागेको हाे ।

हस्पिटलले स्थापना दिवसको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम गरेकाे छ । त्यसैगरी सोमबार न्यूरो ओपिडी, मंगलबार अर्थो, बुधबार पेडिया डेन्टिरस, विहिबार फिजिसियन कार्डो, शुक्रबार गाईनो र सर्जन ओपिडिमा ५० प्रतिशतको छुट सहितको सुविधा विरामीहरुका लागी दिन लागेको हस्पिटलले जनाएकाे छ ।

हस्पिटलको स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर र असन्तुलित हर्मोन सम्बन्धी जनचेतनाको साथै चाडपर्व र डेङ्गु रोगको प्रकोपलाई लक्ष्ति गर्दै शनिवार वृहत रक्तदान कार्यक्रम गर्न लागेको हस्पिटलका संचालक डा. मनोज गुप्ताले जानकारी दिए ।

खासमा उमेर बढेसंग महिलामा हुने असन्तुलित हर्मोनको कमि र पाठेघरको क्यान्सरबारे मधेश प्रदेशमै जनचेतनाको कमि भएकाले त्यसबारे जानकारीका लागी जनचेतना लगायतको कार्यक्रम गर्न लागेको हस्पिटलकी बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी दिइन ।

स्थापना दिवसको अवसरमा आज हस्पिटल अगाडी भएको वृक्षारोपण कार्यक्रममा वडा नं. ८ का पुर्व वडाध्यक्ष राजकिशोर गुप्ता, हालका वडा सदस्य गफार अन्सारी, टोल सुधार समितिका अध्यक्ष संजय श्रीवास्तव, मिना बजार सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बासु सहनि, उपाध्यक्ष प्रवेज सरार्फ, कोषाध्यक्ष रामाधार सरार्फ, हस्पिटलका संचालकद्वय डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा गुप्ता, सामाजिक अभियन्ता दिलिप राज कार्की लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...