Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलमा ५० प्रतिशत छुट

spot_img
spot_img

वीरगंज । प्रभु हस्पिटलले आफनो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपिडि छुट सहितको साता व्यापी कार्यक्रमहरु गर्न लागेको छ । वीरगंजको पानीटंकीमा रहेको प्रभु हस्पिटलले वृक्षा रोपण, शैक्षिक सामाग्री वितरण, पाठेघर क्यान्सरको जचेतना सहित रक्तदान कार्यक्रम लगायतको कार्यक्रमहरु गर्न लागेको हाे ।

हस्पिटलले स्थापना दिवसको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम गरेकाे छ । त्यसैगरी सोमबार न्यूरो ओपिडी, मंगलबार अर्थो, बुधबार पेडिया डेन्टिरस, विहिबार फिजिसियन कार्डो, शुक्रबार गाईनो र सर्जन ओपिडिमा ५० प्रतिशतको छुट सहितको सुविधा विरामीहरुका लागी दिन लागेको हस्पिटलले जनाएकाे छ ।

हस्पिटलको स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर र असन्तुलित हर्मोन सम्बन्धी जनचेतनाको साथै चाडपर्व र डेङ्गु रोगको प्रकोपलाई लक्ष्ति गर्दै शनिवार वृहत रक्तदान कार्यक्रम गर्न लागेको हस्पिटलका संचालक डा. मनोज गुप्ताले जानकारी दिए ।

खासमा उमेर बढेसंग महिलामा हुने असन्तुलित हर्मोनको कमि र पाठेघरको क्यान्सरबारे मधेश प्रदेशमै जनचेतनाको कमि भएकाले त्यसबारे जानकारीका लागी जनचेतना लगायतको कार्यक्रम गर्न लागेको हस्पिटलकी बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी दिइन ।

स्थापना दिवसको अवसरमा आज हस्पिटल अगाडी भएको वृक्षारोपण कार्यक्रममा वडा नं. ८ का पुर्व वडाध्यक्ष राजकिशोर गुप्ता, हालका वडा सदस्य गफार अन्सारी, टोल सुधार समितिका अध्यक्ष संजय श्रीवास्तव, मिना बजार सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बासु सहनि, उपाध्यक्ष प्रवेज सरार्फ, कोषाध्यक्ष रामाधार सरार्फ, हस्पिटलका संचालकद्वय डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा गुप्ता, सामाजिक अभियन्ता दिलिप राज कार्की लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...