Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस शेखर कोइराला समूहद्वारा पार्टी केन्द्रीय कार्यालयमा धर्ना

spot_img
spot_img

वीरगंज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्द सूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले बुधबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।

ललितपुरकाे सानेपा स्थित पार्टी कार्यालमा बुधबार दिउँसो १ बजे देखि २ बजे सम्म शेखर समूह धर्नामा बसेकाे हाे । 

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापन इतर समुहको आरोप छ । शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।

धर्ना कार्यक्रममा वाेल्दै  नेपाली काँग्रेस पर्साका पूर्व सभापति रााजेन्द्र बहादुर अमात्यले समयमै सचेत हुन पार्टी नेतृत्वलाइ सुझाव दिए ।

पार्टी सभापति शेर बहादुर देउवाले उम्मेदवार छनौटमा एकलौटी गरेको भन्दै त्यसलाइ सच्याउन माग गर्दै बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा शेखर समुहले आयोजना गरेको धर्ना कार्यक्रमलाइ सम्बोधन गर्दै अमात्यले यस्तो सुझाव दिएका हुन् ।

संविधानसभा सदस्य समेत रहेका अमात्यले पार्टी नेतृत्व समयमै सच्चिएन भने त्यसको दुष्परिणाम भोग्ने चेतावनी पनि दिए । उनले भने ,‘ आँधी आउनु भन्दा पहिले वातावरण शान्त हुन्छ तर जब आँधी आउछ तब त्यसले कति तहश नहश पार्छ त्यसको हेक्का पहिले कसैले राखेको हुदैन ।

अमात्यले पार्टी नेतृत्वले कसैलाई काखा र कसैलाइ पाखा गरे स्वभाविक रुपमा विद्रोेह हुने बताए । उनले भने ,‘ त्यसैले म यहि धर्ना कार्यक्रमबाट नेतृत्वलाइ सचेत गराउन चाहन्छु अझै समय छ बेलैमा नेतृत्वले ध्यान देओस् होइन भने यसबाट उत्पन्न हुने परिस्थितीले कसलाइ कहा पुरयाउछ त्यसको ठेगान छैन ।

अमात्यले काँग्रेस पार्टी कोहि पनि नेता विशेषको पार्टी नभइ लाखौं नेता कार्यकर्ताको रगत र पसिनाबाट सिन्चित पार्टी भएको यथार्थलाइ नबिर्सन पनि नेतृत्वलाइ आग्रह गरे ।

पर्साबाट काँग्रेसका पूर्ब जिल्ला सभापति राजेन्द्र बहादुर अमात्यकाे नेतृत्वमा सयाैं नेता कार्यकर्ता धर्नामा सहभागि भएका थिए ।

अमात्यसंगै प्रदेशसभा सदस्य राजेश्वर साह तेली, पुर्व क्षेत्रीय सभापित विजय सर्राफ, वीरगंज महानगर सभापति मणिन्द्रलाल नेपाली, नगर उपसभापति सन्ताेष गुप्ता, पूर्ब नगर सचिव मनाेहर साह, नेताहरु विजय कर्ण, राेशन लामिछाने लगायतका नेता कार्यकर्ता पर्साबाट धर्नामा सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...