Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

ठाेरीबाट सशस्त्र प्रहरीद्वारा लागु औषधसहित बस पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे ठाेरीबाट लागु औषधसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट ठोरीबाट खटिएको टाेली सुवर्णपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.६ ख. ४०१ नम्बरको ठाेरी मेट्राे नामक नाईट बसलाई नियन्त्रणमा लिएकाे हाे ।

आइतबार सांझ ५:३० बजेको समयमा ठोरी गाउँपालिकाकाे वडा नं. २ स्थित रहेको वि.ओ. पि. ठोरीको मुलगेट अगाडि बसलाई चेकजाँच गर्ने क्रममा बसको क्याबिनमा रहेको चालक सिट मुनी झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध बरामद भएकाे सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले जनाएकाे छ ।

चालक सिटको पछाडिको सिट मुनी २ प्याकेट (३ हजार ट्याब्लेट र चालकको बायाँपट्टि रहेको क्याबिनको लामो सिट मुनी १ प्याकेट (१५ सय ट्याब्लेट) प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध NITRAVET- 10 गरि जम्मा ४ हजार ५ सय ट्याब्लेट ( ३०० पत्ता १५ ट्याब्लेट) फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले वताए ।

उक्त लागु औषध, बस सहित चितवनकाे माडि नगरपालिका वडा नं. ८ अयोध्यापुरी बस्ने बर्ष ४४ को लाल बहादुर सुनार (बस चालक) र साेही वडाका जिबनपुर बस्ने बर्ष २५ को बासुदेव दर्जीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि साेही दिन ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...