Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

ठाेरीबाट सशस्त्र प्रहरीद्वारा लागु औषधसहित बस पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे ठाेरीबाट लागु औषधसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट ठोरीबाट खटिएको टाेली सुवर्णपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.६ ख. ४०१ नम्बरको ठाेरी मेट्राे नामक नाईट बसलाई नियन्त्रणमा लिएकाे हाे ।

आइतबार सांझ ५:३० बजेको समयमा ठोरी गाउँपालिकाकाे वडा नं. २ स्थित रहेको वि.ओ. पि. ठोरीको मुलगेट अगाडि बसलाई चेकजाँच गर्ने क्रममा बसको क्याबिनमा रहेको चालक सिट मुनी झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध बरामद भएकाे सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले जनाएकाे छ ।

चालक सिटको पछाडिको सिट मुनी २ प्याकेट (३ हजार ट्याब्लेट र चालकको बायाँपट्टि रहेको क्याबिनको लामो सिट मुनी १ प्याकेट (१५ सय ट्याब्लेट) प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध NITRAVET- 10 गरि जम्मा ४ हजार ५ सय ट्याब्लेट ( ३०० पत्ता १५ ट्याब्लेट) फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले वताए ।

उक्त लागु औषध, बस सहित चितवनकाे माडि नगरपालिका वडा नं. ८ अयोध्यापुरी बस्ने बर्ष ४४ को लाल बहादुर सुनार (बस चालक) र साेही वडाका जिबनपुर बस्ने बर्ष २५ को बासुदेव दर्जीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि साेही दिन ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...