Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

शान्ति दिवसको अवसरमा शान्ति विशेष कार्यक्रम सम्पन्न

spot_img
spot_img

परवानीपुर । वीरगंजकाे राधेमाईस्थित आत्म ज्ञान प्रचार संघ वीरगंज केन्द्रले अन्तर्राष्ट्रिय शान्ति दिवसको उपलक्ष्यमा शान्ति विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति वक्ता प्रेम रावतले शान्ति सन्देश भिडियो कार्यक्रमको माध्यमले ३ सय जना नयाँ ब्यक्ति शान्तिको संन्देशसंग जोडिएको छ । कार्यक्रममा सहभागीहरुले वास्तवमा आज एउटा अलग शान्तिको अनुभव भएकाे प्रतिक्रिया दिएका थिए ।

उनीहरुले आउँदा दिनमा पनि यस्ता कार्यक्रममा सहभागी हुन आफनो इच्छा जाहेर गरेका थिए । आत्मज्ञान प्रचार संघ संस्थाले निरन्तर रुपमा विभिन्न माध्यमले प्रेम रावतको शान्ति संन्देश कार्यक्रम गर्दै आएको छ ।

सो कार्यक्रम तिन सिफ्टमा भएकाे थियो । कार्यक्रमका ईभेन्ट मयानेजरहरु रेखा साह, आभा गुप्ता, प्राविधिकमा दिपक गुप्ता, रामबालक राय, नागमणी ठाकुर लगायत सहयाेगीरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको ब्यवस्थापन संस्थाका भरत ठाकुरले गरेका थिए भने कार्यक्रमको संचालन आनन्द पटेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...