Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

६५ दिनको भन्सार फेल भारतिय स्कोर्पियो सशस्त्र प्रहरीद्वारा बरामद

spot_img
spot_img

वीरगंज। सशस्त्र प्रहरी पर्साले ईन्ट्री र भंसार विना नै वीरगन्जमा चलाईरहेको भारतीय नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिई कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, १३ गण पर्साले करिब ३५ लाख मुल्य बराबरको स्कार्पियो नियन्त्रणमा लिई कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष कुमार बस्नेतले बताए ।

वीरगन्ज १६ स्थित भंसार रोडमा विओपी वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको मोबाईल टोलीलाई बिआर ३० एई ९१८९ नम्बरको स्कोर्पियो गाडीको चालक गाडी छाडि फरार भएको थियो ।

शंका लागेर गाडी नियन्त्रणमा लिई अनुसन्धान गर्दा २०७९ असार ३२ गते एकदिनको मात्र गौर भंसार रौतहटबाट राजश्व तिरी प्रज्ञापन पत्र बनाई नेपालमा प्रवेश गरी साउन १ गतेदेखि हाल सम्म ६५ दिन सम्म अवैध रुपमा नेपालमा चलाएको पाईएपछि थप कारवाहीको लागि गाडीलाई नियन्त्रणमा लिएको हो ।

३५ लाख मुल्यांकन राखी गाडीलाई आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाईएको प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...