Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

६५ दिनको भन्सार फेल भारतिय स्कोर्पियो सशस्त्र प्रहरीद्वारा बरामद

spot_img
spot_img

वीरगंज। सशस्त्र प्रहरी पर्साले ईन्ट्री र भंसार विना नै वीरगन्जमा चलाईरहेको भारतीय नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिई कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, १३ गण पर्साले करिब ३५ लाख मुल्य बराबरको स्कार्पियो नियन्त्रणमा लिई कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष कुमार बस्नेतले बताए ।

वीरगन्ज १६ स्थित भंसार रोडमा विओपी वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको मोबाईल टोलीलाई बिआर ३० एई ९१८९ नम्बरको स्कोर्पियो गाडीको चालक गाडी छाडि फरार भएको थियो ।

शंका लागेर गाडी नियन्त्रणमा लिई अनुसन्धान गर्दा २०७९ असार ३२ गते एकदिनको मात्र गौर भंसार रौतहटबाट राजश्व तिरी प्रज्ञापन पत्र बनाई नेपालमा प्रवेश गरी साउन १ गतेदेखि हाल सम्म ६५ दिन सम्म अवैध रुपमा नेपालमा चलाएको पाईएपछि थप कारवाहीको लागि गाडीलाई नियन्त्रणमा लिएको हो ।

३५ लाख मुल्यांकन राखी गाडीलाई आवश्यक कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाईएको प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...