Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर मिस्त्रीकाे मृत्यु

spot_img
spot_img

वीरगंज । हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर मिस्त्रीकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ राधेमाईस्थित फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नं. .६ लखनपुर बस्ने बर्ष २७ को ईसराईल मियाँ (मिस्त्री) काे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

आइतबार विहान ०७:०० बजेको समयमा मिस्त्रीलाई करेन्ट लागी गम्भिर घाईते भएको जानकारी प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेलाई तत्कालै उपचारको लागि तराई हस्पिटल वीरगंज पठाइएको थियाे ।

घाईते मिस्त्रीकाे मृत्यु भएको चिकित्सकले घोषण गरे पश्चात मृतककाे घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...