Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर मिस्त्रीकाे मृत्यु

spot_img
spot_img

वीरगंज । हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर मिस्त्रीकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ राधेमाईस्थित फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नं. .६ लखनपुर बस्ने बर्ष २७ को ईसराईल मियाँ (मिस्त्री) काे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

आइतबार विहान ०७:०० बजेको समयमा मिस्त्रीलाई करेन्ट लागी गम्भिर घाईते भएको जानकारी प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले घाइतेलाई तत्कालै उपचारको लागि तराई हस्पिटल वीरगंज पठाइएको थियाे ।

घाईते मिस्त्रीकाे मृत्यु भएको चिकित्सकले घोषण गरे पश्चात मृतककाे घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा बेवारिसे अवस्थामा फेला परेका दुई गोलिया सालका काठ बरामद

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–३ स्थित सृजना टोलमा बेवारिसे अवस्थामा रहेको दुई गोलिया सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

ई–स्कुटी नियन्त्रण अभियानप्रति वीरगञ्जवासी असन्तुष्ट, ‘पहिले छिर्न दिइयो, अहिले जफत गरियो’

वीरगंज । पर्सामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको ई–स्कुटी चेकजाँच तथा नियन्त्रण अभियानप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्...

विश्व स्तनपान सप्ताह : मेडिकल कलेजमा शैक्षिक खेलौना प्रदर्शनी, ७६२ विद्यार्थी सहभागी

वीरगंज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगंजकाे नर्सिङ विभागले बिहीबार बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा...