Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

१० वर्षपछि एकैपटक ३ वटा बच्चा

spot_img
spot_img

वीरगंज । पर्सामा एक दम्पतीले १० वर्षपछि एकैपटक ३ वटा बच्चा पाएकी छन् । प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नं. ९ का वृज चौधरी थारु र ललिता देवि थरुनी दम्पतीले एकैपटक ३ वटा छोरा पाएका हुन् ।

१० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो । आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा पाउन सफल भएको हो ।

निकै जोखिम मानिएको अप्रेसनमा प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा, नर्स स्टाफ रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुर लगायतको सहयोगमा सफल भएको थियो ।

व्याथा लागेपछि विभिन्न अस्पतालमा लग्दा अन्यत्र लैजान सल्लाह दिएपनि प्रभु हस्पिटलले जोखिम मोलेर शल्यक्रिया गरेकाे अस्पतालले जनाएकाे छ । हाल आमा तथा तीनवटै बच्चा सकुसल रहेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...