Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अनेरास्ववियु पर्साको अध्यक्षमा रेयाज अन्सारी

spot_img
spot_img

वीरगंज । नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साको १६ औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । वीरगंजकाे होटेल सिटि प्यालेसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) पर्साको १६ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

अधिबेशनले रेयाज अन्सारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा अजित साह, सचिवमा पवन यादव, सहसचिवमा सोनी सरार्फ, पुकार सुवेदी, रामकुमार पटेल र कोषाध्यक्षमा जयन्ती चौधरी चयन भएका छन ।

रेयाज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष उमेश आचार्य, स्थायी कमिटी सदस्य त्रिलोक सिंह ठकुरी, मधेस प्रदेश संयोजक अन्जना सिवाकोटी, केन्द्रिय सदस्य मेराजुल हवारी, नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हाजरा, एमाले नेता एवं वीरगंज महानगरपालिकाका पुर्व मेयर वीजय सरावगी, मधेस प्रदेश सदस्य शम्भु गुप्ता, वीरगंज महानगरपालिकाका सचीव सुन्दर कुर्मी, एमालेका युवा नेता रामकिशोर सिंह (पराग), जिल्ला सदस्यहरु शिवजी गुप्ता, ओमप्रकाश गुप्ता, अकलेश साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, नेकपा खेलकुद महासंघक सचिव सन्दीप बस्नेत, विद्यार्थी नेता आसिफ अहमद, जेयाद अन्सारी, सुजित मण्डल, भक्ती अग्रवाल लगायतका नेताहरु सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...