Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

अजिज मियाँ मावि धोबिनीमा अत्तिरिक्त कक्षा संचालन

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माध्यमिक विद्यालय धोबिनीमा शनिबार अत्तिरिक्त कक्षा संचालन भएकाे छ ।

कक्षा ११ र १२ मा अध्ययनरत छात्र/छात्राहरुलाई लक्षीत गर्दै उनीहरुकाे अर्नादित क्षमता तथा वौदिक विकाश र विषय वस्तुमा थप सहयोग पुर्याउने उद्देश्यले शनिबार स्थानिय शिक्षा प्रेमी सलाउदीन अहमद र नेपाल सरकारका लेखा अधिकृत तथा लेखा विषयका प्रध्यापक खेमराज शाहले कक्षा लिनु भएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले वताए ।

पर्साकाे ग्रामिण क्षेत्रमा एक मात्र नमुना समुदायिक विद्यालय रहेकाे छ, जहाँ भौतिक पूर्वाधार कमि भएपनि विद्यार्थीहरुमा थप उर्जा प्रदान गर्न शनिवार पनि अत्तिरिक्त कक्षा संचालन गरिएकाे हाे ।

विद्यार्थीहरुलाई आफ्नो जीवनको लक्ष्य प्राप्त गर्न पढाई र लेखाई थप उर्जा प्रदान गर्ने कुराहरु प्रशिक्षकद्वयले जनकारी गराएका थिए । त्यस कार्यमलाई थप उर्जा प्रदान गर्न धोबिनी गाउँपालिकाकाे वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनौवर अहमद, प्रधानाध्यापक जितेन्द्र राम, शिक्षक सुनिल मुखिया, सुबाश चौधरी र मदन प्रसादको समेत उपस्थितीमा कक्षा संचालन गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...