Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

संदिप लामिछानेकाे समर्थनमा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको समर्थनमा वीरगन्जमा प्रदर्शन गरिएको छ ।सन्दीपलाई षड्यन्त्र गरेर फसाउन खोजिएको भन्दै उनका समर्थक युवाहरूले शुक्रबार अपराह्न वीरगन्जमा  प्रदर्शन गरेका हुन्।

वीरगंजका युवा सागर लामाको नेतृत्वमा रहेका युवाहरूले सन्दीपको पक्षमा विभिन्न नाराहरू लेखिएको प्ललेकार्ड सहित घण्टाघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरूले सन्दीपलाई फसाउन पाइँदैन, हामी युवा सन्दीपको साथमा छौ‌, ‘सन्दीप दोषी हो भने निर्मला पन्तको दोषी को?’ नाबालिक भनिएकी पीडितलाई सार्वजनिक गर, सीसीटीभी फुटेज सार्वजनिक गर, कसैको चरित्र हत्या गर्न मिल्दैन, महिलामुखी अधिकार कानुन हुनु हुँदैन पुरुषलाइ दमन गर्न पाइँदैन, घटनाको सत्यतथ्य छानबिन गर लगायतका नारा पनि लगाएका थिए ।
 
उनीहरूले प्रहरीमा सन्दीपविरुद्ध परेको बलात्कारको जाहेरीको सत्यतथ्य अनुसन्धान गर्न माग पनि गरे। बलात्कार आरोपित सन्दीपलाई फसाउन खोजिएको र उनको चरित्र हत्या गर्न खोजिएको युवाहरूको आरोप थियो ।

अन्तर्राष्ट्रियस्तरमा नै देशको नाम उच्च बनाउने खेलाडी सन्दीपलाई फसाउन खोजिएको भन्दै उनीहरूले सन्दीपले न्याय पाउनुपर्ने बताए ।

१७ वर्षीया एक किशोरीलाइ भदौ ५ गते एक होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध प्रहरी वृत्त गौशाला काठमाडौंमा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको छ। 

उक्त जाहेरी परेपछि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्तीकरणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

जाहेरी परेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बित गरेको छ । प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...