Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

धाेबिनीमा स्व. बिपी काेइरालाकाे जन्मजन्ती मनाइयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा नेपाली कांग्रेसका संस्थापक एवम् पूर्व प्रधानमन्त्री स्व. बिपी काेइरालाकाे १०९ औं जन्मजयन्ती मनाइएकाे छ ।

नेपाली काङ्ग्रेस धोबिनी गाउँपालिका कार्य समितिले शुक्रबार जनताकाे साथमा कांग्रेस कार्यक्रमकाे आयाेजना गरी स्व. नेता काेइरालाकाे जन्मजयती मनाएकाे हाे । धाेबिनी गाउँपालिकाकाे लंगडीमा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले स्व. बिपी काेइराला महामानव भएकाे वताए । 

वक्ताहरुले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको वताए ।

नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श, मूल्य र मान्यता अझ सान्दर्भिक रहेको वक्ताहरुकाे भनाई थियाे ।

गाउँपालिका सभापति कमल ठाकुर लोहारको अध्यक्षता र जिल्ला समितिका उपसभापति रामनारायण प्रसाद कुर्मीकाे प्रमुख आतित्यतामा भएकाे कार्यक्रममा  महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण प्रसाद कुर्मी, नेता रामरुप प्रसाद कुर्मी, श्याम किशोर प्रसाद कुर्मी, रामबाबु प्र.कुर्मी, बलिष्टर अहमद, वडाध्यक्षहरु बन्धु साह, राजकिशोर प्र कुर्मी, अब्बास मिया चुरिहार, वडा सभापति गणेश साह, गाया राउत अहिर, बासदेव तिवारी, इसरायल देवान लगायत निर्वाचित जनप्रतिनिधि तथा अगुवा कार्यकार्ताहरुको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...