Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

धाेबिनीमा स्व. बिपी काेइरालाकाे जन्मजन्ती मनाइयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा नेपाली कांग्रेसका संस्थापक एवम् पूर्व प्रधानमन्त्री स्व. बिपी काेइरालाकाे १०९ औं जन्मजयन्ती मनाइएकाे छ ।

नेपाली काङ्ग्रेस धोबिनी गाउँपालिका कार्य समितिले शुक्रबार जनताकाे साथमा कांग्रेस कार्यक्रमकाे आयाेजना गरी स्व. नेता काेइरालाकाे जन्मजयती मनाएकाे हाे । धाेबिनी गाउँपालिकाकाे लंगडीमा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले स्व. बिपी काेइराला महामानव भएकाे वताए । 

वक्ताहरुले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको वताए ।

नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श, मूल्य र मान्यता अझ सान्दर्भिक रहेको वक्ताहरुकाे भनाई थियाे ।

गाउँपालिका सभापति कमल ठाकुर लोहारको अध्यक्षता र जिल्ला समितिका उपसभापति रामनारायण प्रसाद कुर्मीकाे प्रमुख आतित्यतामा भएकाे कार्यक्रममा  महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण प्रसाद कुर्मी, नेता रामरुप प्रसाद कुर्मी, श्याम किशोर प्रसाद कुर्मी, रामबाबु प्र.कुर्मी, बलिष्टर अहमद, वडाध्यक्षहरु बन्धु साह, राजकिशोर प्र कुर्मी, अब्बास मिया चुरिहार, वडा सभापति गणेश साह, गाया राउत अहिर, बासदेव तिवारी, इसरायल देवान लगायत निर्वाचित जनप्रतिनिधि तथा अगुवा कार्यकार्ताहरुको उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...