Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

११८ दिनकाे भन्सार फेल भारतिय कार सशस्त्र प्रहरीद्वारा पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेका भारतिय नम्बरकाे कार नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट वीरगंजले बिआर ०६ एभि ५९१४ नम्बरकाे सेताे रंगकाे कार नियन्त्रणमा लिएकाे हाे ।

मंगबलबार दिउसाे २:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार रोडस्थित  खटिएको ७ जनाको गाडी मोबाईल टोलिले साे कार नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले  जानकारी दिए ।

कार सोहि स्थानमा छोडी सवारी चालक भागेकोले उक्त गाडी चेकजाँच गर्दा मिति २०७९ ०१ । २६ गते देखि मिति २०७१।०१।२८ गते सम्म गौर भन्सार कार्यालय रौतहटबाट प्रज्ञापन पत्र बनाई नेपाल प्रवेश गरी ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुँदा नियन्त्रणमा लिइएकाे सुचना अधिकारी बस्नेतले बताए ।

नेरु २० लाख पर्ने उक्त कार नियन्त्रणमा लिई विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको बस्नेतले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...